• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु

March 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,

काठमाडौँ, १२ चैत : नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु भइरहेको छ भने १ सय ९० जना नयाँ क्षयरोगी थपिने गरेका छन । क्षयरोगका कारण जनस्वास्थ्यमा यस्तो प्रतिकूल असर पारिरहेकै बेला औषधि प्रतिरोधी क्षयरोगको गम्भीर चुनौतीसमेत थपिएको छ ।

विज्ञहरूका अनुसार औषधि प्रतिरोधी क्षयरोगबाट संक्रमित एक जना बिरामीको उपचारमा दस लाख रुपैयाँसम्मको औषधि खानुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका विश्वका ३० मुलुकमा नेपाललाई समावेश गरेको छ । डब्लूएचओले बहुऔषधि प्रतिरोधी क्षयरोगलाई सार्वजनिक स्वास्थ्य संकट र स्वास्थ्य सुरक्षाका लागि खतरासमेत भनेको छ ।

‘मुलुकमा औषधि प्रतिरोधी क्षयरोगीको वार्षिक अनुमानित संख्या २ हजार ८ सय छ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाह भन्छन्, ‘सबैभन्दा खतरनाक पक्ष के छ भने औषधि प्रतिरोधी क्षयरोगका करिब ७५ प्रतिशत (२ हजार १ सय) बिरामीलाई रोग पत्ता लगाई उपचारमा ल्याउन सकिएको छैन ।’

डा.शाहका अनुसार एक जनाको उपचारमा करिब १० लाख रुपैयाँको औषधि आवश्यक पर्छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएकामा ६ सय ५९ जना मात्र उपचारका लागि पुगेका थिए ।

नेपालमा हाल क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने र १७ हजार जनाको यो रोगले गर्दा मृत्यु हुने गरेको अनुमान छ । डब्लूएचओका अनुसार बर्सेनि विश्वमा १ करोड व्यक्तिलाई क्षयरोगको संक्रमण हुन्छ भने हरेक वर्ष यो रोगले १५ लाख जनाले ज्यान गुमाउँछन् । विश्वभर क्षयरोगका कुल बिरामीमध्ये झन्डै ३० प्रतिशत अर्थात् ३० लाखजति भारतमा रहेकाले नेपालका लागि समेत टाउको दुखाइ भएको विज्ञहरू औंल्याउँछन् ।

क्षयरोग ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगका कारण सामान्यतया फोक्सोमा संक्रमण हुन्छ । फोक्सोबाहेक ढाडको हाड, मिर्गौला, मस्तिष्क, आन्द्रा र गर्भाशयमा पनि यसको संक्रमण हुन सक्छ । क्षयरोग लागेका बेला खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छन् । औषधि प्रतिरोधी क्षयरोगको लक्षण पनि उस्तै हुन्छ । लक्षण सामान्य क्षयरोगजस्तै भए पनि औषधि प्रतिरोधी क्षयरोग संक्रमणको सबैभन्दा बढी गम्भीर र जटिल रूप हो । यो संक्रमण भएको खण्डमा क्षयरोगमा प्रयोग गरिने धेरैजसो औषधिले काम गर्दैन । क्षयरोगको यो अवस्था बिरामीका लागि बढी खतरनाक मानिन्छ । यस्तो संक्रमणका बेला पनि क्षयरोगकै जस्तो लक्षण देखिन्छ ।

डा. शाहका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको उपचार सफलताको दर ७५ प्रतिशत छ । यो दर अन्य मुलुकको तुलनामा राम्रो हो । विज्ञहरूका अनुसार अन्य मुलुकमा त्यस्ता बिरामीमध्ये ५० प्रतिशत मात्र पूर्णरूपमा निको हुने गरेका छन् । ‘औषधि प्रतिरोधी क्षयरोगकै कारण बढी मृत्यु देखिएको छ, बिरामीमा जसरी क्षयरोगको औषधिप्रति प्रतिरोध बढ्दै जान्छ, त्यही अनुपातमा मृत्यु दरसमेत बढ्दै जान्छ,’ उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगको दुवै स्वरूप ‘मल्टी ड्र्रग रेसिस्टेन्ट टीबी’ र ‘एक्सटेन्सिभली ड्र्रग रेसिस्टेन्ट टीबी’ पहिचान भइसकेको छ । क्षयरोगको औषधि सेवनमा लापरबाही गर्दा बिरामीमा औषधि प्रतिरोधी क्षयरोग विकास हुने बढी जोखिम रहन्छ । औषधि प्रतिरोधी क्षयरोग भएकाबाट स्वस्थ व्यक्तिमा संक्रमण हुँदा औषधि प्रतिरोधी क्षयरोग नै सर्छ ।

औषधि प्रतिरोधी क्षयरोगको उपचार ९ महिनादेखि १८ महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । त्यस्ता बिरामीलाई उपचारमा जान प्रेरित गर्न सरकारले पोषण तथा यातायात खर्चका रूपमा ३ हजार रुपैयाँसमेत दिने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया
Next article क्षयरोगका कारण नेपालमा वर्षेनी १७ हजार जनाको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web