• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

February 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

हेल्थ टुडे,
काठमाडौं, २२ माघ : लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरपको बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको बताएको छ । लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरपकाे बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको बताएकाे छ ।
उक्त सूचनामा लेखिएकाे छ, “विभागले बजार अनुगमनकाे क्रममा संकलन गरिएका औषधिकाे नमुना औषधि प्रयाेगशालाबाट परिक्षण गर्दा काठमाडाैंकाे गाेठाटारस्थित लाेमस फार्माक्यूटिकल्स प्रा.लि.बाट उत्पदित ONO Syrup (Each 5 ml contains Ondansetron HCL USP eq. to Ondansetron 2 mg) Batch No.ONSO123 Mfg Date: Mar-2023 Exp Date: Aug-2024 औषधिकाे प्राप्त विश्लेषण प्रतिवेदन “Doesn’t Comply as per IP 2022 with respect to description/Physical Condition of Sample” भनि उल्लेख भएर आएको छ ।”
उक्त ब्याच नं ONSO123 को नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विभागले बिक्रीमा रोक लगाइएको छ । विभागले अब अर्काे आदेश नभएसम्मकाे लागि बिक्री तथा वितरण राेक्न अनुराेध गरेकाे हाे । यसका साथै लिकेजकाे सम्बन्धमा विस्तृत इन्भेष्टिगेसन रिपाेर्ट सहित उक्त उद्दाेगका मुख्य प्राविधिक व्यक्ति १५ दिन भित्र विभागमा उपस्थित हुन पनि सूचित गरिएकाे छ । उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गर्ने गरिएकाे छ ।
गत साता पनि लोमसको उत्पादन सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको CT-2023 ब्याचको औषधि बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको थियो । लोमसका कार्यकारी प्रज्ज्वलजंग पाण्डे नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा डा.पुकारको नेतृत्वमा १२०० को मिर्गौला प्रत्यारोपण
Next article मानसिक अस्पतालमा किशोरकिशोरीका लागि छुट्टै इकाई, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132285
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web