• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

April 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको  राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

हेल्थ टुडे,
काठमाडौं, २६ चैत: नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यही चैत २८ देखि ३० गतेसम्म काठमाडौंको बौद्धस्थित ह्यात रिसिडेन्सी होटेलमा आयोजना हुने १० औं स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको शिखर सम्मेलनमा १००० अनुसन्धानकर्ता सहभागी हुने भएको छन् ।
‘दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराका साथ आयोजना हुन लागेको शिखर सम्मेलनमा देश र विदेशबाट गरि १००० अनुसन्धानकर्ता सहभागी हुने र सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । सम्मेलनमा नेपाल बाहृेक भारत, स्वीजरल्याण्ड, बेलायत, अष्टेलिया, अमेरिका लगायतका देशहरुबाट स्वास्थ्य अनुसन्धानकर्ता सहभागी हुने छन् । सोमबार परिषदमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. जोशीले स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मूर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रुपमा नीति र योजनामा सहमावेश गराउन यस्ता सम्मेलनहरुले ठूलो भूमिका खेल्ने बताए ।
डा. जोशीले भने,‘ सम्मेलनले स्वास्थ्य र जनसंख्याका क्षेत्रमा हुने अनुसन्धानको विकास गर्न र स्वास्थ्यका प्राथमिकताहरुमा छलफल गर्न अनुसन्धानकर्ता, साझेदार, शिक्षाविद्हरु र नीतिनिर्माताहरुलाई एउटै मञ्चमा ल्याउने छ । ’ डा.जोशीका अनुसार सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने र नसर्ने रोगहरु र मानसिक स्वास्थ्य लगायत १५ वटा भन्दा बढी बिषयमा सामूहिक छलफल हुने जानकारी दिए । सम्मेलनमा उत्कृष्ठ स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हामी किन विरामी हुन्छौ ?
Next article नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web