• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

May 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

हेल्थ टुडे,
काठमाडौं, ५ जेठ : पुर्व राष्ट्रपति विद्यादेबी भण्डारीले दूरबिनबाट गर्ने उपचार विधि सहज र सुलभ बनाउनु पर्ने आवश्यकता रहेको बताएकी छन् । नेपाल सोसाइटी फर गाइनोलोजिक एन्डोस्कोपीको आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको ‘नेपाली महिलाहरुका लागि विश्वव्यापी एण्डोस्कोपी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन’ को उदघाटन समारोहमा बोल्दै पुर्व राष्ट्रपति भण्डारीले स्त्री रोग तथा प्रसूति रोगको निदानमा दूरविन प्रविधि प्रभावकारी भएकोले यसको पहूच ग्रामिण स्तरसम्म पुर्याउनु पर्ने बताएकी हुन । भण्डारीले भनिन, ‘दूरविनका माध्यमबाट गरिने शल्यक्रिया सुगममा मात्र नभएर दुर्गमका महिलासम्म पनि पुर्याउनु आवश्यक भइसकेको छ । ’
पुर्व राष्ट्रपति भण्डारीले नेपाली महिलामा बढीजसो स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको समस्या रहेको पाइएकोले रोगको उपचारसँगै रोग लाग्नै नदिने गरि चेतनामूलक कार्यक्रम पनि संगै अगाडि बढाउनु पर्नेमा जोड दिइन ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी वरिष्ठ स्त्रीरोग विज्ञ प्रा. डा. चन्दा कार्कीले दूरबिनबाट शल्यक्रिया गर्दा समयको बचतका साथै गुणस्तरीय उपचार पनि हुने भएकाले यसको महत्व सबैतिर बढीरहेको बताइन । यो सेवालाई देशका विभिन्न भागसम्म पुर्याउनु पर्ने आवश्यकता औल्याउदै डा.कार्कीले सांसदका नाताले आफुले यसको प्रवर्धन र विकासमा सक्दो सहयोग गर्ने बताइन ।
नेपाल सोसाइटी फर गाइनोलोजिक एन्डोस्कोपीका अध्यक्ष प्रा. डा.गणेश दंगालले सम्मेलनमा नेपाल लगायत ७ वटा देशका १५५ जना विज्ञ चिकित्सकहरुको सहभागिता रहेको जानकारी दिए । यसका साथै काठमाडौं मोडेल हस्पिटलमा ल्याप्रोस्कोपिक वर्कसप र नेपाल नेशनल अस्पतालमा हिस्टेरोस्कोपी वर्कसप सञ्चालन भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा वरिष्ठ स्त्री रोग विज्ञहरुलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघ सगरमाथा आँखा अस्पतालले फर्कायो १०२ वर्षको उमेरमा आँखाको ज्योति
Next article कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web