• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन, सेवा सुधार्न निर्देशन

June 11th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन, सेवा सुधार्न निर्देशन

हेल्थ टुडे,
काठमाडौँ, २९ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मंगलबार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गरेका छन् ।
मंगलबार बिहान वीरगञ्ज पुगेका स्वास्थ्य मन्त्री यादवले मधेस प्रदेशको पुरानो र प्रमुख अस्पतालको रूपमा परिचित नारायणी अस्पतालको बहिरंग सेवा, अस्पताल फार्मेसी, प्रयोगशालालगायत अस्पतालका विभिन्न साखाहरुको अनुगमन गर्दै अस्पतालमा उपचाररत बिरामी र विरामीहरुक कुरुवासँग समेत साक्षात्कार गरेका थिए । मन्त्री यादवले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा विरामीसँग कुराकानी गरेका थिए ।
सो क्रममा मन्त्री यादवले विरामी र उनीहरुका कुरुवाहरुसन्ग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा जानकारी लिएका थिए । बिरामीहरूले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिने गरेको जस्ता गुनासो गरेका थिए । मन्त्री यादवले बिरामीले गरेका गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.एनामुल हकलाई निर्देशन दिए । फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिए ।
अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गरेका थिए ।
मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिएका छन् । अनुगमनमा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवलाई आग्रह गरे । मन्त्री यादव मंगलबार नै काठमाडौं फर्किएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया
Next article कर्णालीमा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सवा करोड सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web