• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्को हप्ताबाट वीरको इमरजेन्सी नयाँ भवनमा सर्छ : स्वास्थ्य मन्त्री यादव

July 1st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्को हप्ताबाट वीरको इमरजेन्सी  नयाँ भवनमा सर्छ : स्वास्थ्य मन्त्री यादव

हेल्थ टुडे,
काठमाडौं, १७ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले अर्को हप्तादेखि वीर अस्पतालको इमरजेन्सी सेवा नयाँ भवन (सर्जिकल भवन) बाट सञ्चालनमा आउने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले वीर अस्पतालको पुरानो भवनमा रहेको इमरजेन्सीको अवस्था बेहाल देखेपछि त्यसलाई नयाँ सर्जिकल भवनमा सार्न निर्देशन दिएको बताए । मन्त्री यादवले केही दिन पहिले वीर अस्पतालको अवलोकन भ्रमण गर्दा इमरजेन्सी र त्यहाँ उपचाररत विरामीको अवस्था बेहाल भएको पाएपछि नयाँमा सार्न निर्देशन दिएका थिए । निर्देशन दिएको लामो समय वितिसक्दा समेत वीरको् नेतृत्वले इमरजेन्सी सार्न जागर नदेखाएपछि पत्रकार सम्मेलनमा सञ्चारकर्मीले मन्त्री यादवसंग जवाफ मागेका थिए । यादवले आफुले वीर अस्पतालको ईमरजेन्सी विभागको बेहाल अवस्था र त्यहाँ उपचाररत विरामीको अवस्था देखेपछि आफ्नो आँखामा आशु आएको बताउँदै नयाँ भवनमा सार्न निर्देशन दिएको बताए । स्वास्थ्यमा थुप्रै समस्या भएको स्विकार्दै मन्त्री यादवले अहिलेको अस्थिर राजनीतिमा सुधारका ठूला ठूला कुरा संभव नभए पनि जनतालाई महसुस हुने काम गर्न आफु लागिपरेको दावी गरे । औषधि र फार्मेसी क्षेत्रमा देखिएका समस्या समस्या समाधन गर्न अतिरिक्त सचिव डा. विकाश देवकोटाको संयोजकत्वमा अध्ययन समिति ्गठन गरेको बताउदै त्यसले समस्या पहिचान र समाधनको प्रष्ठ चित्र अगाडि आउने बताए । स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव कम गर्न आफु लागिपरेको बताउदै बताउदै लामो समय एउँटै स्थानमा बसेका र कार्यक्षमता कमजोर भएका कर्मचारीहरुलाई साउनदेखि सरुवा गर्ने तयारीमा आफु रहेको जानकारी दिए । मन्त्रीको जिम्मेवारीमा रहदासम्म इमान्दारिताका स्वास्थ्य सुधारका लागि काम गर्ने दोहर्याउदै सञ्चारकर्मी सहित सबैको सकारात्मक सहयोगको अपेक्षा आफुले गरेको मन्त्री यादवले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४३ प्रतिशत एन्टिबायोेटिक चिकित्सकको प्रिस्क्रिप्सन बिनै बिक्रीवितरण,स्वास्थ्य खतरामा
Next article स्वास्थ्य मन्त्रीद्वारा औषधि तथा फार्मेसीको गुणस्तर सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133579
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

110
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

104
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web