• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलो पटक हुदैछ स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन

November 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलो पटक हुदैछ स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन


हेल्थ टुडे,

काठमाडौँ, ७ मंसिर : ‘फोरम फर इथिकल रिभ्यु कमीटी इन द एशिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)’ २४ औँ शिखर सम्मेलन ९ देखि १२ मंसिरसम्म काठमाडौँमा हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यसपटक सम्मेलन काठमाडौँमा हुने भएको हो । परिषद फरक्यापको सदस्य समेत हो ।
उत्तरदायि अनुसन्धान अधिकतम लाभ ( म्याक्सिमाइजिङ बेनिफिट थ्रु रेस्पोन्सिवल कन्डक्ट अफ रिसर्च) मुल नारा तय गरिएको यो सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु गरी ६ सय बढीको उपस्थिति रहने बताइएको छ ।
सम्मेलनबारे जानकारी दिन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सदस्यसचिव डा प्रमोद जोशीले यस किसिमको सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको बताए । उनले सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरु प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरुले भर्चुअल सहभागिता जनाउने बताए ।
उनले कार्यक्रममा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुने जानकारी दिए ।
परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले चार दिने सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तराष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको जानकारी दिए । सोमध्ये ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुने र २९ वटा प्रस्तुतिकरणहरु राष्ट्रिय विज्ञहरुद्धारा गरिने बताए ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने सम्मेलनको शुभारम्भ आइतबारबाटै भए पनि औपचिारक उद्घाटन भने सोमबार हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य प्रवर्द्धनमा राज्यले लगानी बढाउनु पर्ने सरोकारवालाको धारणा
Next article मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web