• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयले अधिकार क्षेत्र विर्सेर हस्तक्षेप गरेको भन्दै न्युट्रास्युटिकल व्यवसायीको आपत्ति

February 6th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयले अधिकार क्षेत्र विर्सेर हस्तक्षेप गरेको भन्दै न्युट्रास्युटिकल व्यवसायीको आपत्ति

हेल्थ टुडे,
काठमाडौं, २४ माघ :आहारपूरक न्युट्रास्युटिकल फुडसप्लिमेन्ट व्यवसायीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अधिकार क्षेत्र नाघेर आफुहरुलाई दुख दिइरहेको भन्दै आपत्ति जनाएका छन् । न्युट्रास्युटिकल फुडसप्लिमेन्ट व्यवसायीको छाता संगठन नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्माट्युटिकल संघ (फेनकेन) ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक आफ्नो अधिकार क्षेत्र नाघेर व्यवसायीलाई हतोत्सािहत पार्ने काम गरिररहेको आरोप लगाएका हुन ।
न्युट्रास्युटिकल फुडसप्लिमेन्टका् अनुगमन तथा निगमन गर्ने अधिकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई भएको र उसले कानून अनुसार निगमन गरिरहेको भए पनि औषधि व्यवस्था विभागले न्युट्रास्युटिकल फुडसप्लिमेन्टका नाममा औषधिजन्य पदार्थ विक्रि वितरण भइरहेको आरोप लगाउदै बेला बेला भ्रामक विज्ञप्ति निकालेर व्यवसायीलाई हतोत्साहित गरिरहेको जनाएका छन् । नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्माट्युटिकल संघ (फेनकेन) का अध्यक्ष सुरेन्द्र मानन्धरले पत्रकार सम्मेलनमा भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यही माघ १५ गते प्रकाशित गरेको विज्ञप्ति भ्रामक छ ।
न्युट्रास्युटिकल फुडसप्लिमेन्टको दर्ता र अनुगमनका विषयमा औषधि व्यवस्था विभागले दर्ता गरेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले २०८१ बैसाख ३ गते विक्रीबितरण नगर्न आदेश दिएको उल्लेख गरेको पाइयो । यो सरासर गलत छ । जव की सर्वोच्चले यसको विषयमा पूर्ण फैसला नै आएको छैन । ’ औषधि व्यवस्था विभागले पनि बेला बेला सूचना निकालेर कहिले औषधि पशलमा न्युट्रास्युटिकल फुडसप्लिमेन्ट बेच्न नपाइने भनेर भ्रम छर्ने गरेको आरोप मानन्धरले लगाए । आफुहरुले न्युट्रास्युटिकल फुडसप्लिमेन्ट बाहेकका औषधि विक्रि वितरण नगरेको दावी उनको छ । औषधि पशलमा न्युट्रास्युटिकल फुडसप्लिमेन्ट बेच्न पाइने जिकीर उनले गरे । मानन्धरले भने, ‘ औषधि पशलमा औषधि खानका लागि पानी बेच्न किन नपाउने । भिटामिन र मिनरल्स बेच्न नपाउने किन ? न्युट्रास्युटिकल फुडसप्लिमेन्ट पनि बेच्न पाउनु पर्छ । स्वास्थ्यका लागि आवश्यक चिज बेच्न पाउनु पर्छ । ’ उनले प्रश्न गरे, के हामीले कानून विपरितका सामग्री बेचेका हौ र ? लागु औषधि बेचेका हौ र ? ’
संसारका विभिन्न देशहरुमा पनि न्युट्रास्युटिकल फुडसप्लिमेन्टलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै निगमन गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै औषधि व्यवस्था विभागलाई औषधि ऐनले नै औषधिको मात्र अनुगमन र निगमन गर्ने अधिकार दिएकाले अधिकार क्षेत्र मिचेर न्युट्रास्युटिकल फुडसप्लिमेन्ट व्यवसायीलाई तर्साउने काम बन्द गर्न अध्यक्ष मानन्धरले चेतावनी दिएका छन् । न्युट्रास्युटिकल फुडसप्लिमेन्ट व्यवसाय मार्फत करिव १० हजार परिवार जिविकोपार्जन गर्ने गरेको मानन्धरले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता नभएको मन्त्रालयको दाबी
Next article चिकित्सा शिक्षा आयोगले सरकारीमा पिजी सिट कम दिएको भन्दै चिकित्सक संघको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web