• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग

March 31st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग


हेल्थ टुडे,

काठमाडौं, १८ चैत : नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचना प्रति गम्भीर ध्यानाकर्षण गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेको छ। ’चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडी÷एमएस÷एमडीएस) को सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
’नेपालमा रहेका जेहेन्दार तथा दक्ष चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्रदान गर्दै नेपालमै सेवा पुर्याई समग्र आम नागरिकको स्वास्थ्य सेवामा सुविधा पुर्याउन अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, संघले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता ४८ हजार ७३७ अविलम्ब उपलब्ध गराउन तथा आयोगको १७ औँ बैठकमा एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालद्वारा आयोगको निर्णय कार्यान्वयन गर्न नसकिने भनी पेश गरिएको निवेदनका सम्बन्धमा आगामी बैठकमा छलफल गर्ने भनी निर्णय भए बमोजिम आयोगको १८ औँ पूर्ण बैठक अविलम्ब संचालन गरी समस्याको समाधान गर्न पनि माग गरेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यूएनएफपीएद्वारा तथ्यांक विश्लेषण र प्रतिवेदन प्रणालीयुक्त एआई प्रविधि परियोजना सार्वजनिक
Next article नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच सम्झौता पत्रमा हस्ताक्षर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web