• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

April 28th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

हेल्थ टुडे,
काठमाडौं, १५ बैसाख: चिकित्सा शिक्षा अन्तरगत स्नातक तह एमविविएस (व्याचलर अफ मेडिसिन एण्ड व्याचलर्स अफ सर्जरी) र विडिएस (व्याचरलर अफ डेन्टर सर्जरी ) को आउँदो वर्षबाट शुल्क र कोटा दुबै बढ्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगको सोमबार बसेको बैठकले शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझावको आधारमा एमबीबीएस, बीडीएसको सिट बढाउन सकिने बाटो खुला गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल कलेजहरुको सिट र शुल्क बढाउन सहमत भएपछि ‘ो सिट र शुल्क दुवै बढ्ने भएको हो ।
चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट संख्या र शुल्क पुनरावलोकनका लागि बाटो खुलेको हो ।
सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा डा सुजनबाबु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको छ । समितिमा विज्ञका तर्फबाट प्रा डा दिव्यासिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गरागाईँ, निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरु रहनेछन्।
आयोगमा सिटको निर्धारण गर्ने समितिलाई थप अध्ययनका लागि निर्देशन दिइएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिए । समितिले दिएको प्रतिवेदनको आधारमा आयोगको पूर्ण बैठकले थप निर्णय गर्ने उनले बताए । ‘एमबीबीएस, बीडीएस अध्ययन गर्न चाहिने आवश्यक कुरा पुगेको अवस्थामा मात्रै सिट संख्या बढाउन सकिने निर्णय भएको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘कति सिट बढाउन सकिन्छ भन्नेबारे ठोस निर्णय भएको छैन ।’
स्वास्थ्यमन्त्री पौडेलका अनुसार अस्पतालको भौतिक पूर्वाधार, उपकरण बिरामी, शिक्षक आधारमा सिट संख्या थप गर्न सकिने छ ।
हाल निजी मेडिकलले एमबीबीएस पढाउन एक सय सिट पाइरहेका छन् । ‘मेडिकल कलेजको क्षमता अनुसार एक सय बाट थप सिट बढाउन सकिने निर्णय भएको छ,’ मन्त्री पौडेलले भने, ‘बढेको सिट मध्ये ३३ प्रतिशत विदेशी सिट छुट्टाइने छ ।’ आयोगको सिमितिले गरेको निर्णयलाई पूर्ण बैठकमा ल्याएर मात्रै अनुमोदन गरिने उनले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु
Next article निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web