• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जुम्राबाट स्क्रब टाइफस

November 21st, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुम्राबाट  स्क्रब टाइफस

      
स्क्रब टाइफस’ यो एक प्रकारको सरुवा रोग हो । यो ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुन्छ । झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ (सूक्ष्म कीरा) नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस देखिने गर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ । यसको सबैभन्दा ठूलो समस्या भनेको रोग पहिचान गर्न हुने गर्छ । अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउनेजस्ता कमन लक्षणहरू देखिने हुँदा मानिसहरू झुक्किने गरेका छन् । त्यही झुक्किने कारणले गर्दा सामान्य उपचारमा निको हुने बिरामी पनि गम्भीर अवस्थामा अस्पताल आइपुगेर मृत्युवरण गर्नुपरेको अवस्था छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसियाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ ।
सर्छ
मुसा (माइट) प्रजातिमा पाइने लार्भा चरणको ‘टोम्रविक्युलिट माइट’ नामक वाहकले यो रोग सर्दछ । यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ । यो प्रायः झारपात, तथा झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्छ । माइटले मानिसलाई टोकेमा मात्र यो रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तर, मानिसबाट मानिसमा भने सर्ने सम्भावना हँुदैन । विशेष गरी, हातगोडा खुला राखेर धान गोड्ने, झाडीमा पस्ने मानिसले लामो बाउलाका कपडा लगाउने, लामो जुत्ता प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ ।
‘माइट’को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भए पनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ । ‘माइट’ले टोकेको भागमा कालो रङको ‘ब्ल्याक इसकार’बग्छ, जसबाट स्क्रब टाइफसको प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ । विशेष गरी यो रोग लागेको माइटले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको सम्पर्कबाट यो रोग सर्दछ ।
चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि मानिसलाई उच्च ज्वरो आउँछ । कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, टाउको असाध्यै दुख्ने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने समस्या हुन्छ । साथै, परजीवीले टोकेको स्थानमा सानो घाँउजस्तो देखिन्छ र क्रमश बढ्दै जान्छ । यो रोगको समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिइ बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् ।
उच्च जोखिममा को ?
सामान्यतया यो परजीवी झाडी तथा फोहोर स्थानमा हुने गर्छ । त्यसकारण यसको जोखिममा धेरैजसो कृषिजन्य काम गर्ने मानिसहरू नै पर्दछन् । स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यतः झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइन्छन् । त्यसै गरी वर्षा याममा पनि शहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहने भएकाले यो क्षेत्रमा बस्ने मानिसहरूको यो रोगको जोखिम बढी रहन्छ ।
घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पञ्जा लगाउँदा रोगबाट जोगिन सकिन्छ ।

 

लक्षण
– १०५ डिग्रीसम्म ज्वरो आउने
– टाउको दुख्ने
– जिउ दुख्ने
– खोकी लाग्ने
– गर्धन र घाँटीवरपर मसिना बिबिरा आउने
– धेरै पसिना आउन
– परजीवीले टोकेको स्थानमा घाउ देखिने
– भोक नलाग्नु
– वाकवाकी लाग्नु
– शरीर काम्नु
– आँखाको म्युकस मेमरेनको संक्रमण हुनु
–सास फेर्न समस्या हुनु,
– शरीर बाउँडिनु
– बिरामीको गम्भीरताअनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु

बच्ने उपायहरू
– घरवरपरको सरसफाइमा ध्यान दिने
–झाडीमा जाँदा लामो बाहुला भएको कपडा तथा गम्बुट लगाउने
–व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने
– सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने
– घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने ।
– खुला चौर या बगैँचामा नसुत्ने
–लक्षण देखिनासाथ उपचारका लागि जाने

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्
Next article समाज यसरी बन्दैछ यौनमा उदार  

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web