• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

 किन बढे राजधानीमा मुटु जाचँ गराउने

November 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 किन बढे राजधानीमा मुटु जाचँ गराउने

हेल्थ टुडे

तिन दिन पहिले एमाओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण मृत्यु भएको खबर  सञ्चारमाध्यमबाट सुनेपछि राजधानीबासी मुटु रोग प्रति सजक भएका छन् । दाहालको मृत्यु पछि बिगत दुई यता मुटु रोगबाट बच्न उच्च रक्तचाप जाचँ गराउनेको संख्या ह्वात्तै बढेको चिकित्सकले बताएका छन् । वीर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बिगत दुई दिनमा हृदयघातबाट बच्न उच्च रक्तचाप जाचँ गराउन आउनेको संख्या २५ प्रतिसतले बढेको बताए ।

एकैपटक सञ्चार माध्यमबाट हृदयघातका बिषयमा व्यापक सूचना सम्प्रेषण भएकाले जनतामा सचेतना बिस्तार भएर चेक जाच गराउनेको संख्या बढेको डा. रेग्मीको अनुभव छ । हृदयघातका विभिन्न कारण मध्ये उच्च रक्तचाप रहेको हृदयघातबाट बच्न अधिकांश व्यक्ति रक्तचापको जाँच गराउन आउन लागेको अर्का मुटुरोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन् ।

हृदयघात कसलाई कति बेला हुन्छ भन्न नसकिने भएकाले भइसकेपछि उपचार गरौला भन्दा पनि हुनबाट राक्न आफुले सक्ने प्रयास गर्नु सबैभन्दा उत्तम हुने डा. मास्केको सुझाव छ । राजधानीका अन्य अस्पताल, नर्सिङ होम, क्लिनिकमा समेत उच्च रक्तचाप जाचँ गराउनेहरुको संख्या बढीरहेको चिकित्सकले बताएका छन् । धुलिखेल अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूका अनुसार धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मिर्गौला खराब हुने सम्भावना पनि निकै छ । मिर्गौला वा किड्नी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किड्नी नै फेर्नु पर्ने हुन सक्छ ।

त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ । साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइँदैन । रक्तचाप नियमित प्रकारले जाँच्ने बेलामा बढेको पाइन सक्छ । डा. कोजूका अनुसार कसै–कसैलाई एक्कासि हृदयाघात वा मस्तिष्काघात वा मिर्गौला बिग्रेपछि मात्र उच्च रक्तचाप पनि भएको थाहा हुन्छ । तसर्थ केही पनि नहुँदा पनि ब्लड प्रेसर जँचाउनुपर्ने हुन्छ । हाम्रो शरीरको रक्तचाप साधारण व्यक्तिको माथिको (सिस्टोलिक) १२० र तलको (डायस्टोलिक) ८० भयो भने राम्रो मानिन्छ । तर सबैको रक्तचाप एउटै हुँदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ ।

Free Fire for PC

Baixar Ativador Window 7

Ativador Windows 7

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्
Next article चुम्बनबाट पनि सर्न सक्छ यौन रोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131799
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web