• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बाँझोपनको समाधान के ?

November 30th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाँझोपनको समाधान के ?

डा. नूतन शर्मा

कुनै श्रीमान् श्रीमतीबीच दुई वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी यौनसम्पर्क राख्दासमेत बच्चा जन्मेन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ ।प्राथमिक र दोस्रो गरी सामान्यतः बाँझोपन दुई प्रकारको हुन्छ । कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ । त्यसैगरी बच्चा बसेर विभिन्न कारण गर्भपतन भएर लामो समयसम्म प्रयास गर्दा पनि बच्चा बसेन भने त्यसलाई दोस्रो खालको बाँझोपन हो । यो हाम्रो देशको समस्यामात्र होइन । विश्वमा नै यो समस्या व्यापक छ । ७० देखि ८० प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ । यो व्यक्तिको व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ । १५ देखि २० प्रतिशत कारणमात्रै जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको बनोट राम्रो नहुनेजस्ता कारणले जन्मजात बाँझोपना हुन्छ । ७० देखि ८० प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो । महिलामा जनचेतनाको अभाव छ । संक्रमण भएपछि पनि उनीहरू जँचाउन आउँदैनन् । फोहोर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सककहाँ जाँदैनन् । जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछिमात्रै उनीहरू चिकित्सक कहाँ जाने चलन छ । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ ।

पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ । ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ । ट्युब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन । बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्युबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्युब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो । दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरुषको हकमा लागू नहुन सक्छ ।  महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउन्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ ।

त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेस कुरा निकाल्छौ । जस्तै महिनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सुरु गर्छ । एउटा अण्डा बन्नलाई आठ, दसवटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ । महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डामात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डामात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२, कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ ।

आमा बन्नका लागि कुन उमेर उत्तम

महिलाको उमेर ३५, ४० नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरूको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरू घरकै काममा कन्द्रित रहन्थे । बिहे भयो, बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दाभन्दै एउटा उमेर जान्छ ।

यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । ३५ वर्ष कट्नु राम्रो होइन । अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’ । सामान्यतया बिहे भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ ।

बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ । यो अवधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्सन’ हुन सक्छ ।अधिकांश दम्पतीलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा छैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन् । गर्भपतन सधैं सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो । असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्सन’ गराउँछ । कहिलेकहिले नराम्रो सामग्री प्रयोग गर्दा पाठेघर नै जान सक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो । बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर । कसैले तीन महिनाको सुईं लिन्छन् । कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरुरी छ ।

बाँझोपनको समाधान के ?

समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन । इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ । गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ । आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ । बेलाबखत आफ्नो जाँच गर्नुपर्छ । असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ । यति सावधानी अपनायो भने बाँझोपनको समस्या ८० प्रतिशतले समाधान हुन्छ । यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ । ट्युबको कारणले हो कि डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ । यसको उपचार गर्नुपर्छ । यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमान्बाट ‘फर्टिलाइज’ गरेर ‘टेस्टट्युब बेबी’ बनाउन सकिन्छ । ( बाँझोपन विशेषज्ञ डा. शर्मा बयोधा अस्पतालका कार्यरत छिन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एड्स नियन्त्रण केन्द्र बेकम्मा
Next article कस्तो लगाउने जुत्ताचप्पल ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web