• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा. मनिषाको मुस्कानसहित उपचार

December 5th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. मनिषाको मुस्कानसहित उपचार

हेल्थ टुडे

अधिकांश डाक्टर बिरामीलाई समय नै दिँदैनन् । उनीहरूका कुरै सुन्दैनन् । बिरामीको अनुहार नै नहेरी खुरुखुरु औषधि लेखिदिएर पठाइदिन्छन् । तर डा. मनीषा मिश्र यी र यस्तै थुप्रै डाक्टरहरूको भीडमा पृथक् छिन् । डा.मनीषाको च्याम्बरमा पुग्ने बिरामीको आधा रोग त उनको मुस्कानबाटै निको हुन्छ । मन्द मुस्कानसहितको बिरामीको कुरा सुन्ने, उनीहरूलाई सल्लाह दिने र रोगको गहिराइसम्म पुगेरमात्र उपचार थाल्ने खुबीका कारण डाइबेटिज तथा डाइरोइड विशेषज्ञ डा. मनीषा छोटो समयमै चर्चित विशेषज्ञका रूपमा आफूलाई उभ्याउन सफल भएकी छन् ।

उनको विज्ञताले उनको व्यस्तता बढाएको छ । लगनखेलको पाटन प्याथल्याब, पुल्चोकस्थित सुमेरु सिटी क्लिनिक, बल्खुको बयोधा हस्पिटल र कुलेश्वर पोलिक्लिनिकमा उनले समय मिलाएर डाइबेटिज र थाइराइडका बिरामीलाई सेवा दिइरहेकी छन् । न्यायाधीश महेश्वर मिश्र र मीना मिश्रको कोखबाट २०३८ सालमा भक्तपुरमा डा.मनीषाको जन्म भएको हो । उनको एसएलसी सम्मको पढाई बानेश्वरको ईपीएस स्कुलबाट पूरा गरिन् । त्रिपुरेश्वरको विश्व निकेतनबाट आईएस्सी पूरा गरिन् । उनको सुन्दरता र जीउडाल देखेर उनका साथीभाइले मोडलिङमा लाग्न सुझाव नदिएका होइनन् । तर उनलाई भने त्यसतिर ध्यानै गएन । उनकी आमा मीना डाइबेटिजको बिरामी थिइन् । छोरी डाक्टर भए हुन्थ्यो भन्ने आमाको चाहना थियो । आमाको चाहना र आफ्ना चाहना मिलेपछि मनीषाले डाक्टर पढ्ने संकल्प गरिन् । उनी सन् २००१ मा एमबीबीएस पढ्न चीनको सिन्स्याङ  मेडिकल युनिर्भसिटी गइन् ।

एमबीबीएस सकेपछि उनी नेपाल फिर्किइन् । इन्टर्न सकेपछि केही समय नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि विशेषज्ञता हासिल गर्न उनी फेरि चीन गइन् । उनलाई  आमाको डाइबेटिजको समस्या आँखाका झल्झली आउँथ्यो । त्यसैले उनले डाइबेटिज र थाइरोइड विषयमा बिशेषज्ञता हासिल गरिन् । चीनमै पढ्दा उनको चिनजान अरविन्दकुमार चौधरीसँग भयो । उनी पनि चीनमा विशेषज्ञता हासिल गर्दै थिए । एकले अर्कोलाई मन पराए । पछि नेपाल फर्केपछि दुवै विवाहबन्धनमा बाँधिए । रेडियोलोजिस्ट डा. चौधरी अहिले थापाथलीस्थित प्रसूति गृहमा कार्यरत छन् । विशेषज्ञता हासिल गरेर डा. मनीषा पाँच वर्षपहिले स्वदेश फर्किइन् ।

स्वदेश फर्कनासाथ उनको व्यस्तता धेरै बढ्यो । छोरी डाइबेटिज र थाइरोइड विशेषज्ञ भएर फर्किएपछि आमाको खुीिको सीमा नै रहेन । आफूलाई मात्र नभएर आफूजस्तै यो समस्याबाट पीडित बिरामीको उपचार गर्न आमाले मनीषालाई आशीर्वाद दिइन् । मधुमेह पूर्ण रूपमा निको नभए पनि नियन्त्रण गर्न सकिने रोग हो, डा. मनीषा भन्छिन्, त्यसैले बिरामीलाई काउन्सिलिङ बढी चाहिन्छ ।  त्यसैले मैले रहेक बिरामीलाई कम्तीमा पनि १५ मिनेट समय दिएकै हुन्छु । डाक्टरप्रतिको बिरामीको विश्वास मर्न नदिन स्वयं डाक्टर नै जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको तर्क छ । भन्छिन्, डाक्टरको खुसी भनेकै बिरामीको खुसी हो । बिरामी दुःखी हुँदा डाक्टर खुसी हुन सक्दैन । राजधानीका चारवटा स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्नुपर्दा उनी निकै व्यस्त छिन् । बचेको समय उनी संगीत सुन्न मन पराउँछिन् । उनलाई यही नै गीत भन्ने छैन । जुन संगीतले मन आनन्द होस् त्यही संगीत सुन्छु । समाजसेवामा पनि उनी सकेसम्म समय निकाल्छिन् । भन्छिन्, बिभिन्न ठाउँमा हुने निःशुल्क स्वास्थ्य शिविरमा विपन्न बिरामीको सेवा गर्न पाउँदा भित्रैदेखि आनन्द आउँछ ।  भविष्यमा सुविधा सम्पन्न डाइबेटिज एन्ड थाइरोइड सेन्टर खोल्ने र त्यही विपन्नको उपचार निःशुल्क गर्ने उनको समयना छ । भन्छिन्, केही समय लाग्ला । तर एक दिन यो सपना पनि पूरा हुनेछ ।

पछिल्ला दिनमा डाइबेटिज र थाइरोइडका बिरामीको संख्या निकै बढिरहेको डा. मनीषाको अनुभव छ । एकै पटक धेरै खाने, सागपातमा भन्दा अन्नमा बढी जोड दिने बानीका कारण डाइबेटिज बढिरहेको उनको ठम्याइँ छ । उनी भन्छिन्, अहिले कि डाइटिङका नाममा खाँदै नखाने चलन छ भने अर्कोतिर एकै पटक टन्न खाने । यी दुवै खानपानका व्यवहार स्वस्थ्यकर नभएको उनी बताउँछिन् । डाइबेटिजबाट बच्न उनको सुझाव छ, अन्न कम खाने, सागपात बढी खाने । अहिले बजारमा सुगर फ्रिका नाममा बिस्कुटसहित विभिन्न खाद्यपदार्थ पनि स्वास्थ्यका लागि ठीक नभएको उनको ठम्याइँ छ । पाकेटमा सुगर फ्रि लेख्दैमा हँुदैन । गहँुबाट बनेका खाद्यवस्तु एकदमै कम खानु राम्रो । एकथरीले डाइबेटिज भएपछि भात छुनै हँुदैन भन्छन् । अर्कोथरी रोटीमात्र खानुपर्छ भन्छन् ।

डा. मनीषा भन्छिन्, भात खानै हुँदैन भन्ने होइन । रोटीमात्र खाने भन्ने पनि होइन । जे खाए पनि थोरै थोरै खानुपर्छ । शारीरिक अभ्यासमा जोड दिने र कार्बोहाइटेड कम गर्न सकियो भने डाइबेटिज नियन्त्रण गर्न सकिने उनको सुझाव छ । डाइबेटिज नियन्त्रण गर्न पाँच कुरामा ध्यान दिनै पर्ने उनको प्रिस्क्रिप्सन छ ।  खानपानमा नियन्त्रण, नियमित अभ्यास, औषधि सेवन, तनावरहित हुने र नियमित स्वास्थ्य जाँच गराउने । डाइबेटिज कन्टोल गर्न सकिएन भने त्यसले मुटु, मिर्गौला, आँखा, नसा र खुट्टामा समस्या पैदा गरेर ज्यान नै जाने जोखिम हुने उनी बताउँछिन् । पुरुषको तुलनामा महिलामा थाइरोइडको समस्या रहेको उनी बताउँछिन् । महिलामा हर्मोनल चेन्ज र अटोइम्युन कन्डिसन बढी हुने भएकाले महिलामा यो समस्या पुरुषको तुलनामा बढिरहेको पाइएको उनी सुनाउँछिन् । पुरुषको तुलनामा थाइरोइडको समस्या महिलामा १० गुना बढी रहेको छ । निकट भविष्यमै उनी लगनखेलको पाटन प्याथ ल्याबमा पनि सेवा दिने भएकी छन् । पाटन प्याथ ल्याबमा डाइबेटिज र थाइरोइडसम्बन्धी विभिन्न परीक्षण अत्याधुनिक प्रविधिमार्फत गर्ने सुविधा भएकाले अझ यसको उपचारमा सहज हुने उनी बताउँछिन् । उनी भन्छिन्, अत्याधुनिक ल्याबमा परीक्षण गरेर उपचार गर्न सकियो भने त्यसबाट उपचार गर्ने र गराउने दुवैलाई सहज हुन्छ ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहीकालागि सानो थाल 
Next article परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web