• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

न्यूरो र इशान बाल अस्पतालविरुद्ध ठगी मुद्दा दर्ता

January 3rd, 2018 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्यूरो र इशान बाल अस्पतालविरुद्ध ठगी मुद्दा दर्ता

काठमाडौँ  : महानगरीय प्रहरी परिसर काठमाडौंले बसुन्धाराको इशान बाल तथा महिला अस्पताल र बाँसबारीको नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) विरुद्ध मुद्दा दर्ता गरेको छ । विभिन्न सेवाका नाममा चर्को शुल्क असुलेको जनाउँदै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार मुद्दाका लागि सिफारिस गरेपछि परिसरले मंगलबार मुद्दा दर्ता गरेको हो ।

‘विभागले पठाएको पत्रअनुसार इशान र न्युरोविरुद्ध ठगी मुद्दा दर्ता गरेका छौं,’ प्रहरी परिसर काठमाडौं प्रमुख रवीन्द्र धानुकले भने, ‘ती अस्पताललाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ विभागले सोमबार चार अस्पतालविरुद्ध ठगीको मुद्दा दर्ता गर्न काठमाडौं र ललितपुर प्रहरीलाई पत्रचार गरेको थियो । विभागले बसुन्धराको इशान, टोखाको ग्रान्डी र बाँसबारीको न्युरोविरुद्ध मुद्दा दर्ता गर्न प्रहरी परिसर काठमाडौं र ग्वार्कोको बी एन्ड बी अस्पतालविरुद्ध मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएको थियो । पत्रअनुसार मंगलबार दुई अस्पतालविरुद्ध मुद्दा दर्ता भएको हो । ग्रान्डी अस्पतालबारे पनि थप अनुसन्धान भइरहेको छ । ग्वार्कोको बी एन्ड बीबारे पनि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जाउलाखेलले जनाएको छ ।

‘मुद्दा दायर गर्ने सम्बन्धमा सरकारी वकिलसँग रायरसल्लाह लिइरहेका छौं,’ प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दर्ता गर्नेरनगर्ने बुधबार निर्णय गर्छौं ।’ विभागका अनुसार इशानले बेड, बेड जार्च डिलक्स गरी एकै शीर्षकमा दुईपटक, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रिएनेक्स चार्ज तथा बिरामी कुरुवाको सहित विभिन्न शुल्क लिएको पाइएको थियो । ग्रान्डीले प्रशासनिक, डाक्टर, नर्सिङ, सर्जरी चार्ज, इक्विपमेन्ट चार्ज, इनप्लान्ट चार्ज, प्रोसिडयोर चार्ज, इन्भेस्टिगेसन तथा अन्य चार्जलगायत एकै प्रकृतिका शुल्क भए पनि फरकफरक शीर्षक राखी उपभोक्ता मारमा पारेको विभागको आरोप छ । न्युरो अस्पतालले रजिस्ट्रेसन, कन्सलटेन्ट, अपरेसन, ल्याबलगायत शीर्षकबाट बिरामीसँग शुल्क असुल गरी पुनस् सेवा शुल्क भनी १० प्रतिशत लिएको विभागले जनाएको छ । बी एन्ड बी अस्पतालले बेड चार्ज माथि पुनस् सर्भिस चार्ज लगाई शुल्क लिई ठगी गरेको, एक सय बेडको स्वीकृति लिएर १ सय २५ बेड सञ्चालन गरेको आरोपमा छ । अनुगमन र अनुसन्धानपश्चात् अस्पतालहरूले बिरामीबाट चर्को शुल्क लिएपछि विभागले सरकारी वकिलको राय लिएको थियो ।

वकिलको रायपश्चात विभागले ठगी मुद्दाका लागि परिसरमा पठाएको हो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँका अनुसार मुलुकी ऐन ठगी महलको व्यवस्थाअनुरूप अस्पतालहरूलाई कारबाही हुनुपर्छ । उनका अनुसार प्रहरीले यसलाई सूचनाका रूपमा लिन्छ । अनुसन्धानपश्चात् व्यवस्थापकलाई पक्राउ गर्छ । यसमा अन्य पनि संलग्न देखिए सम्बन्धितलाई पनि पक्राउ गरी बयानको थालनी सुरु हुने उनले बताए । ‘बयानपश्चात् कारबाहीस्वरूप मुद्दा चलाउनेरनचलाउने प्रहरीले निर्णय गर्न सक्छ,’ उनले भने । उनका अनुसार मुलुकी ऐन ठगीको महलको एक नम्बरमा झुटो कुरालाई सत्य हो भनी झुक्याई अथवा अरू जुनसुकै व्यहोराबाट धोका दिई अरूको चलरअचल धनमाल लिएमा ठगी गरेको हुने कानुनी व्यवस्था छ । सोही महलको चार नम्बरमा ठगी गर्नेलाई बिगो खुलेको भए बिगोको बमोजिम र बिगो नखुलेको भए ५ हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद हुने गरी दुवै सजाय हुने व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा ३५ मा निस्शुल्क र गुणस्तरीय रूपमा प्राप्त गर्नुपर्ने स्वास्थ्य हकसम्बन्धी संवैधानिक व्यवस्था छ । नेपालमा सञ्चालित निजी अस्पतालले स्वास्थ्य सेवा कर र भ्याटमध्ये एउटा शीर्षकमा मात्रै कर असुल गर्न पाउँछन् । यसबाहेकका कुनै पनि सेवा शुल्क अस्पतालले बिरामीबाट लिन पाउने व्यवस्था कानुनमा छैन ।

अस्पतालले विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएको विभागले जनाएको छ । चर्को शुल्क असुलेको आरोपमा विभागले मंगलबार बल्खुको बयोधा हस्पिटल प्रालि र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालिविरुद्ध ठगी मुद्दा दायर गर्न प्रहरीलाई पत्रचार गरेको छ । बयोधाले बिरामीबाट बेड चार्ज, ल्याब टेस्टलगायतमा १० प्रतिशत नर्सिङ चार्ज्लिई थप १३ प्रतिशत भ्याट लिने गरेको, विभिन्न शीषर्कहरू खडा गरी सेवा शुल्क असुल गरेको विभागले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ । नर्भिकले पनि अस्पतालले १०० शय्याको बेड सञ्चालन गर्न अनुमति लिइएकामा सोभन्दा बढी शय्या सञ्चालनमा गरेको, उपचार गर्न आउने सर्वसाधारणबाट उपचार गराउँदा १३ प्रतिशत सर चार्ज भनी थप भुक्तानी लिएको विभागले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ । ‘विभिन्न शीर्षकमा सेवा शुल्क असुल गरेको संलग्न बिलबाट देखिन्छ । कुल रकममा थप ५ प्रतिशत स्वास्थ्य सेवा कर जोडेको पाइएको छ,’ विभागका अनुसन्धान अधिृकत दीपक पोखरेलले भने, ‘यी अस्पतालविरुद्ध पनि ठगी मुद्दा दायर गर्न महानगरीय प्रहरी परिसरमा पत्र पठाएका छौं ।’ विभागका महानिर्देशक कुमार दाहालले मुद्दा दायर सम्बन्धमा बुधबार फलोअप गर्ने बताए । ( राजु चौधरी, कान्तिपुर )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब बसपार्कमै स्वास्थ्य जाचको सुविधा  
Next article प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन धुलिखेलमा

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web