• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालमा उडुस आतंक

January 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालमा उडुस आतंक

पुषको चिसोमा उडुसले टोक्छ भन्दा अनौठो लाग्न सक्छ तर सरसफाई र  स्वच्छ वाताबरण हुनुपर्ने अस्पताल जस्ता निकाय भने सरसफाईको कमिले  चिकित्सक र बिरामी उडुसबाट पीडित छन् ।देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । बिरामी र कुरुवा मात्र होइनन्, उडुसको टोकाइबाट अस्पतालका स्वास्थ्यकर्मी पनि हैरान छन् । रात परेपछि उडुसले टोकेर हैरान पार्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीर अस्पतालको आइसियु र सिसियुबाहिरका भित्तामा उडुस मारेर राता टाटैटाटा भएका छन् । ‘उडुस मारेरै हाम्रो रात बित्ने गरेको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘अनेक औषधि गर्दा पनि यसलाई निर्मूल पार्न सकिएको छैन । उडुसले गर्दा बिरामीको उपचार सेवा नै प्रभावित बनेको छ ।’ उडुसको टोकाइबाट बिरामी र कुरुवा रातभरि निदाउन पाउँदैनन् । अस्पतालको आइसियुअगाडि बिरामी कुरेर बसेकी सीता देवकोटाले भनिन्, ‘रातको समयमा शरीरका विभिन्न भागमा र कानभित्रसमेत उडुस पसेर हैरान पार्ने गरेको छ ।’

उडुस सम्झिँदा पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । उडुसलाई निर्मूल पार्न निकै गाह्रो हुने चिकित्सकहरू नै बताउँछन् । उडुस नखाएर पनि लामो समयसम्म बाँच्न सक्ने भएकाले यो लुकैरै महिनौँ बाँच्न सक्न ।

पुराना उपकरणले उडुस बढ्यो
वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वर्षौं पुराना उपकरणको प्रयोगले उडुस बढेको बताए । वीरमा २०औँ वर्ष पुराना खाट र खिया लागिसकेका फलामे बेड प्रयोगमा छन् । जसका कारण उडुस बढेको बस्नेतको भनाइ छ । ‘सुन्दा सामान्य लाग्न सक्छ । तर, उडुसले अस्पतालमा ठूलो चुनौती थपेको छ,’ बस्नेतले भने । उडुसको विषयमा बिरामीले भन्दा पनि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले धेरै गुनासो गर्ने गरेको उनले बताए । ‘हामीले थुप्रैपटक औषधि हानेर उडुस मार्ने प्रयास ग¥यौँ,’ उनले भने, ‘तर, उपकरणका चेप–चेपमा पसेर बसेका उडुसलाई मार्न सकिएन ।’ उनले उडुसलाई कसरी मार्ने भन्ने विषयमा आफू नै अन्योलमा परेको गुनासो गरे ।

कान्तिमा पनि उडुसआतंक उस्तै
कान्ति बाल अस्पतालमा पनि उडुसको टोकाइले बिरामी बालबालिका र उनीहरूका अभिभावक हैरान भएका छन् । अस्पतालका निर्देशक डा. गणेश गुरुङले उडुस आतंकले स्वास्थ्यकर्मी पनि हैरान भएको बताए । ‘अहिले जाडो छ, धेरै उडुस बाहिर निस्कँदैनन् । फागुन लागेपछि कमिलाको ताँतीजस्तो लस्कर लाग्छन्,’ राईले भने । उपत्यकाका सबैजसो अस्पतालमा उडुस भएको दाबी उनले गरे । ‘हामीकहाँ पनि बिरामीलाई उडुसले असाध्यै दुःख दिएको छ । बिरामीलाई टोक्दा यसले रोग पनि सार्ने गर्छ,’ उनले भने, ‘उडुससँग लडाइँ गरेर सकिँदोरहेनछ । हामीलाई यसले रुनु न हाँस्नु बनाएको छ ।’ पटक–पटक औषधि हानेर उडुस मार्ने प्रयास गरे पनि सम्भव नभएको राइले बताए । राईले उडुस निर्मूल पार्ने विषयमा विज्ञहरूसँग सल्लाह गरिने बताए ।नँया पत्रिकाबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लाइसेन्स परीक्षामा ४१ %डाक्टर फेल
Next article ओलीको स्वास्थ्यमा क्रमिक सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web