काठमाडौँ :औषधि खरिद र वितरणको अख्तियारी पाएका स्थानीय तहको अकर्मण्यताका कारण स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै गएका छन् । औषधि भण्डारण रित्तिनाले कतिपय स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित बन्न थालेको छ भने बिरामीले नि:शुल्क पाइने औषधिसमेत निजी पसलबाट महँगोमा किन्नुपरेको छ ।
स्वास्थ्य मन्त्रालयले स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि अधिकांश स्थानीय तहले औषधि खरिदका लागि बोलपत्र आह्वान गरेका छैनन् । सोझै खरिद गर्न सकिने औषधिका लागि पनि प्रक्रिया अघि बढाइएको छैन । यो स्थानीय तहको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसबाट उनीहरू स्वास्थ्य र औषधि उपचारको संवेदनशीलताप्रति गम्भीर नभएको देखाउँछ । बेलैमा औषधि खरिदका लागि स्थानीय तहलाई प्रेरित एवं समन्वय गर्न नसक्नु सरकारको पनि कमजोरी हो ।
Leave a Reply