खाना पचाउन र रक्त सञ्चारका लागि लसुन अचुक औषधि हो । प्रचुर मात्रामा सल्फर हुने भएकाले यसले रोगसँंग लड्ने क्षमता बढाउछ । नियमित लसुन खाने व्यक्तिको प्रतिरक्षा क्षमता बलियो हुन्छ । त्यसैले लसुनलाई प्राकृतिक एन्टिवायोटिक्स पनि भनिन्छ । लसुनमा एल्लिन, एल्लिसन, एल्लिनेज लगायतका दर्जनौ जैविक रुपमा सक्रिय तत्व पाइन्छन । यिनीहरुले मानिसको रोगसँग लड्ने क्षमता बडाउने पर्छन । लसुनलाई काचै चपाएर वा पकाएर खानु पर्छ । तर पोलेर खानु हुदैन । लसुन चपाएर खाएमा एल्लिन र एल्लिनेज एन्जाइम एक आपसमा मिलेर रसायनिक प्रतिक्रिया भई एल्लिसिन उत्पादन हुन्छ । सल्फरमा आधारित यौनिकसँंग एल्लिसिनले शक्तिशाली एन्टिवायोटिक्स, एन्टिभाइरल र एन्टिफंगलका रुपमा काम गरेर प्रतिरक्षा प्रणालीलाई सद्दाउ पुर्याउछ । यसका अलावा लसुन रक्तचाप नियन्त्रण ल्याउनुका साथै कोलेस्टोरोल कम गर्नमा पनि सहयोग गर्छ ।
कसरी प्रयोग गर्ने लसुन ?
लसुन पोलेर खानु हुदैन । यसलाई काचै चपाएर खाएमा बढी फाइदा हुन्छ । यसलाई पिसेर दाल, तरकारी, माशु वा अन्य परिकारमा मिसाएर पकाएर पनि खान सकिन्छ । लसुन धेरै भने खानु हुदैन । जसरी आवश्यकता भन्दा बढी एन्टिवायोटिक्सले हामीलाई हानी गर्छ ठिक त्यसैगरि लसुन बढी खाए पनि यसले फाइदा गर्दैन । बढी खाएमा शरीरबाट अप्रिय गन्ध आउछ । परिना, पिसाव र सासबाट यसको गन्ध बाहिर आउछ । अल्युम सल्फर समूहको विघटनले गन्ध आउछ । अल्युम सल्फर समूह पचेपछि अलाई मिथाइल सल्फाइड यौगिक बन्छ र यसलाई शरीरले पचाउन सक्दैन । यो रगतमा मिसिन्छ र विभिन्न माध्यम भएर शरीरबाट बाहिर आउछ । हरिया सागपातमा पाइने क्लोरोफिलले अलाई मिथाइल सल्फाइडलाई शरीरबाट किाल्न सहयोग गरी लसुनको गन्ध कम गर्छ ।
( एजेन्सीको सहयोगमा )
Leave a Reply