• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने

January 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने

हेल्थ टुडे

काठमाडौं : म्यागासेसे पुरस्कार बिजेता आखा रोग विशेषज्ञ डा. सन्दुक रुईतलाई भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गर्ने भएको छ । तिलगंगा आखा प्रतिष्ठानका कार्यकारी डा.रुईतलाई प्रदान गरिने लागेको उक्त सम्मान भारतको चौथो ठूलो सम्मान हो । यो पुरस्कार अभिनेता अमिताभ बच्चन, गायक उदितनाराण झा लगायतले प्राप्त गरिसकेका छन् । यो पुरस्कार पाउने डा. रुईत पहिलो नेपाली आखा रोग विशेषज्ञ हुन । नेपाल सहित एशिया र अफ्रिकासम्मका दृष्टिविहीनलाई आखाको ज्योति छर्दै उल्लेखनिय योगदान गरेको भन्दै भारत सरकारले उनलाई यो सम्मान गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

अन्धोपन निवारणमा डा. रुईतको महत्वपूर्ण योगदान छ । कम शुल्कमा मोतिबिन्दूको शल्यक्रिया गरेर हजारौ मानिसको गुमेको आखाको ज्योति फर्काएर उनले नेपाल सहित भारत, चीन, दक्षिण कोरिया र अफ्रिकामा आफूलाई एशियाकै अब्बल आखा रोग विज्ञको रुपमा सावित गरेका छन् । आर्थिक अभावका कारण दृष्टि गुमाएका विपन्न जनताका लागि उनले निशुल्क सेवा समेत दिएका छन् । आखा उपचारका क्षेत्रमा नेपाल सरकारले कुनै लगानी नगरेको अवस्थामा डा. रुईत सहितको समूहले आखा उपचारमा सफलता पाएको छ । सबै कुरा बिदेशबाट आयात गर्नु पर्ने अवस्थामा डा. रुईतकै पहलमा अहिले ३० वटा भन्दा बढी देशहरुमा मोतीविन्दू सम्बन्धी सर्जरी लेन्सहरु पठाउँदै आएको छ । उनले हरेक हप्ता २५ सय भन्दा बढी खर्च गर्न नसक्ने विरामीहरुलाई निशुल्क उपचार गराउँदै आएका छन् । एशिया र अफ्रिकाका एक लाख भन्दा बढी मानिसको गुमिसकेको आँखालाई पुनर्जि्वित गराईदिएका छन् । ताप्लेजुङा जन्मेका डा. रुईतले काठमाडौं आउन नसक्ने विपन्नहरुलाई दूर्गम भेगमा समेत पुगेर उपचार गर्ने गरेका छन् । उनले सञ्चालन गरेको तिलगंगा आखा प्रतिष्ठान आखा उपचारको क्षेत्रमा एशियामै उत्कृष्ठ अस्पतालको रुपमा लिइन्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता
Next article स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web