हेल्थ टुडे,
काठमाडौ,२४ फागुन : विश्व मिर्गौला दिवसको अवसर पारेर नेपाल नेशनल हस्पिटल कलकिंले सप्ताह व्यापी बृहत नि:शुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । शिविर यहि फागुन २३ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा मिगौला रोग विशेषज्ञद्धारा परामर्श, ब्लड सुगर ,ब्लड प्रेशर तथा युरिन डिप स्टिक परीक्षण हुने अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.अर्चन शम्शेर राणाले बताएका छन। शिविरबाट २ दिनमा नै २५० जना भन्दा बढीले सेवा लिएका छन ।शिविर ओरेन्ज विल्डिगं कलकिंमा चलिरहेको छ । डायलाशिस सेवा नि:शुल्क भएतापनि सरकारले मिर्गौला सम्बन्धिका जनचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको छैन । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिन्छ भने करिब ३,००० जना वार्षिक थपिने अनुमान गर्न सकिन्छ ।
Leave a Reply