हेल्थ टुडे,
काठमाडौं, १६ चैत : दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस बिहीबार दुर्घटना भई घाइते भएका १० जना बिरामीको उपचार सानेपा स्थित स्टार हस्पिटलमा भईरहेको छ । अस्पतालमा उपचार भईरहेका घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । ती मध्ये २ जना बिरामीको हातको जटिल शल्यक्रिया गरिएको स्टार हस्पिटलका सिइओ डा.सन्देश जिसीले जानकारी दिए । उक्त शल्यक्रियामा बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुमनबाबु मरहट्टा सहितको चिकित्सकीय टोली संलग्न रहेको थियो ।
Leave a Reply