हेल्थ टुडे,
धनुषा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा शनिबार आयोजित स्वागत सम्मान समारोहमा उनले सो आग्रह गरेका हुन ।
प्रदेश सरकारले कारखाना परिसरमा सञ्चालन गरिहेका कार्यालय र आवासलाई कारखानाभन्दा अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै उनले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न सरकारले गृहकार्य गरिहेको जानकारी दिए । ( रासस)
Leave a Reply