• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

झाडापखाला प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै

May 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
झाडापखाला प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै

दाङ, १७ जेठः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।
बुधबार चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
बुधबार उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् । आज आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
स्थानीय माइली पानी मुहान पूर्ण रुपमा बन्द गराइएको छ । प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ । झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो ।
अझै पनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ । हिजो काठमाडाँैबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिनुभयो । अब प्रभावित क्षेत्रमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम गरिने डाँगीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खेलाडीलाई मासिक सम्मान भत्ता दिइनेः मन्त्री सुनुवार
Next article स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web