हेल्थ टुडे,
काठमाडौं : यस वर्षको रोटरी स्वास्थ्य जोर्नो अवार्ड वरिष्ठ स्वास्थ्य पत्रकार दीपक दाहाललाई प्रदान गरिने भएको छ । दाहाल नागरिक दैनिकमा कार्यरत छन् । राजधानीमा जेठ १९ गते हुने विशेष समारोहमा दाहाललाई २५ हजार रुपैया नगद र अवार्ड प्रदान गरिने छ । रोटरी डिस्टिक ३२९२ ले रहेक वर्ष स्वास्थ्य, शिक्षा, वातावरण, अर्थ लगायतका ६ वटा विधामा उत्कृष्ठ पत्रकारहरुलाई पुरस्कृत गर्दै आइरहेको छ । स्वास्थ्य विधातर्फ पुरस्कृत दाहाल बिगत एक दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशिल छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उर्तीण दाहालले शिक्षा, स्वास्थ्य र सरसफाईका क्षेत्रमा विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।
Leave a Reply