• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक आन्द्राको सफल शल्यक्रिया

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक आन्द्राको सफल शल्यक्रिया

अछाम, २७ जेठः अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको गत सोमबार सफल शल्यक्रिया गरिएको हो । आन्द्रामा समस्या भएका उहाँले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद भन्नुभयो ।
बिरामीको प्रकृति हेर्दा आइसियुको सुविधा भएको अस्पतालमा राख्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले अन्यत्र लैजान नमानेपछि बयालपाटा अस्पतालमै उहाँको शल्यक्रिया गरिएको उपचारमा संलग्न डा विकास गौचनले बताउनुभयो । उहाँले बिरामीका श्रीमतीले धनगढी नेपालगञ्ज लैजान मान्नु भएन बरु त्यसको सट्टा घर फर्किन्छौँ भनेपछि यही शल्यक्रिया गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उहाँको भनाइ थियो । डा गौचनका अनुसार यस्तो प्रकारको शल्यक्रिया प्राइभेट अस्पतलामा गराउँदा रु दुई लाखभन्दा बढी खर्च लाग्छ । बिरामी विष्ट खतरामुक्त अवस्थामा रहेको शल्यक्रियामा संलग्न डा पवन अग्रवालले बताउनुभयो ।
शल्यक्रियामा डा बिवप्लव श्रेष्ठ, एनेस्थेसिया सहायक महेन्द्र कुँवर, नर्स नारन्ती महरा, कञ्चन चौधरी, स्वास्थ्य सहयोगी दीपा बम, लक्ष्मी विकलगायतको सहभागिता थियो । न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र दोलखामा चरिकोट अस्पताल सञ्चालन गर्नुका साथै सामुदायिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ । अस्पतालमा हाडजोर्नी लगायत सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान हुँदै आइरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आमा सुुरक्षा कार्यक्रम अन्तर्गत पोषण खर्च पाँचसय थपिने
Next article स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web