• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

काठमाडौं, ६ असारः उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो ।

समाजले बुधवार बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविरमा भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागिता रहेको राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले जानकारी दिनुभएको छ । योग आसनपछि साधकसँग कुरा गर्दै राजदूत सिंहले मानव सभ्यताको स्रोत वाग्मती नदीको सफाइ महाअभियानका लागि भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतका आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिङ नामक आध्यात्मिक अभियान शुरु भएको हो । यसले मानिसलाई भौतिक कोलाहलका बीच आध्यात्मिक शान्तिका साथ जीवनयापन गर्ने कला सिकाउँने गर्नुहुन्छ ।

विश्व योग दिवस २१ जुनको अवसर पारेर आर्ट अफ लिभिङले शंखमूल स्थित वाग्मती किनारबाट जुन १६ अर्थात् असार २ गतेदेखि शुरु गरेको योगशिविर असार ३ गते भक्तपुरको टौमडी, असार ४ गते बौद्धनाथ स्तुप परिसर, असार ५ गते पाटन कृष्ण मन्दिर र गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको थियो ।

दिवसका अवसमरमा असार ७ गते बिहीबार २१ जुनका दिन आर्ट अफ लिभिङले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र शंखमूल पार्कमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिहीबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदै
Next article स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web