• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य राज्यमन्त्रीको प्रश्न, ‘आठ दश बच्चा जन्माउन किन नपाउने ?’

July 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य राज्यमन्त्रीको प्रश्न, ‘आठ दश बच्चा जन्माउन किन नपाउने ?’

हेल्थ टुडे,

काठमाडौं, २४ असार :  पछिल्ला वर्ष अधिकांश दम्पतीमा एउँटा वा दुईवटा सन्तान जन्माउने प्रवृति बढ्दै गइरहेको बेला स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले भने प्रश्न उठाएकी छन्, ‘आठ दश बच्चा जन्माउन किन नपाउने ? ’

विश्व जनसंख्या दिवसको अवसर पारेर आईतबार नेपाल परिवार नियोजन संघले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री अर्यालले भनिन, ‘ परिवार नियोजन गर्नुस पनि भन्ने, अनि परिवार नियोजन मानव अधिकार हो भन्न सुहाउदैन । मानव अधिकार हो भन्ने धेरै बच्चा नजन्माउनुस किन भन्ने ? जसलाई जति जन्माउन मन छ, जन्माउनु पाउनु पर्छ । ’ परिवार नियोजन मानव अधिकार हो भन्ने यस वर्षको जनसंख्या दिवसको नारा तर्फ इंगित गर्दै राज्यमन्त्री अर्यालले परिवार नियोजनलाई मानव अधिकारको दृष्टिले हेर्दा समाजमा थुप्रै विकृति र विसंगती बढेको दावी गरिन । उनले भनिन, ‘ परिवार नियोजन मानव अधिकारको भन्दै हामीले युवायुवतीले जे गरेपनि हुन्छ भन्दै छाडा छोड्ने हो भने त्यसले समाज नै बर्बाद बनाइदिन्छ । त्यसैले हामीले अव नयाँ ढंडले सोच्नु आवश्यक छ ।’  मानव अधिकारकै दृष्टिबाट विवाह नहुदै आमा बन्न पाइने कानून बन्न लागेकोमा बिमती राख्दै मानव अधिकार भन्दैमा समाजिक मूल्य र मान्यतालाई कुल्चन नमिल्ने अर्यालको जिकीर थियो । यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा नेपाल परिवार नियोजन संघले खेलको भूमिका अहं रहेको बताउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिइन ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका महानिर्देशक डा. केपी बिष्टले कार्यपत्र प्रस्तुत गर्दै परिवार नियोजन भनेको जनसंख्या नियन्त्रण नभएर व्यवस्थित र सुखी परिवारको निर्माण भएको प्रष्ट पार्दै पछिल्ला दिनमा परिवार नियोजन विकासको अजेण्डा भएको दावी गरे । परिवार नियोजनमा गरेको लगानीले ६ गुना प्रतिफल दिने गरेको पाइएको बताउदै महानिर्देशक बिष्टले सरकारले परिवार नियोजनमा लागनी बढाउनु पर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाका निर्देशक डा. तारा पोखरेलले सरकारको एक्लो प्रयासले मात्र परिवार नियोजन विकासको अजेण्डा बन्न नसक्ने प्रष्ट पार्दै गैरसरकारी संस्था र दातृ निकायसँग हालेमालो गरि अगाडि बढ्न सरकार तयार रहेको बताए । त्रिवि जनसंख्या विभागका प्रमुख प्रा. डा. रामशरण पाठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नामाकरण गरिएको भएपनि सरकारले जनसंख्या मन्त्रालयलाई महत्व नदिएको बताए । उनले भने, ‘जनसंख्या मन्त्रालयमा एक जना सहसचिव समेत छैन । नाम मात्र जनसंख्या मन्त्रालय राखेर भएन । ’

कार्यक्रममा आईपिपिएफ सेरोका प्रतिनिधि वरुण आनन्द, यूएनएफपीएकी नेपाल प्रतिनिधि लोब्ना बाकी, एचआईभी संक्रमितहरुको महासंघकी महासचिव मिरा कुवर, जागृति महिला महासंघकी पूर्व अध्यक्ष विजया ढकाल, परिवार स्वास्थ्य महासाखाका परिवार नियोजन कायृक्रम प्रमुख घनश्याम पोखरेल लगायतले परिवार नियोजनमा सरकारले लागनी बढाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल परिवार नियोजन संघका अध्यक्ष छत्रबहादुर गिरीले कागजमा मात्र नभई परिवार नियोजनलाई साच्चिकै मानव अधिकारका रुपमा स्थापित गर्न यसमा राज्यले पनि लगानी गर्नु पर्ने आवश्यकता औल्याए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फागुनदेखि सुत्केरी भत्ता वितरण भएन
Next article सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web