• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्रीद्धारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

August 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्रीद्धारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

झापा, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ ।
प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिक सहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ ।
चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधा सम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निध्रारित समयमा सम्झौता अनुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार लखनपुरमा सुविधा सम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले गाउँपालिकाको गौरवको योजनाका रुपमा लिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत–‘आधारभूत स्वास्थ्य सेवाको हक’
Next article सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132011
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web