हेल्थ टुडे,
काठमाडौं : नेपालमा पहिलो पटक छाती ताथ फोक्सो रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राजधानीको हिमालयन होटेलमा आयोजित उक्त एक दिवसिय सम्मेलनमा अमेरिका, फिलिसपन्स र नेपालका विशेषज्ञहरुको सहभागिता थियो । नेपाल कलेज अफ चेस्ट फिजिसियनको आयोजनामा भएको सम्मेलनमा आधा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरिएका थिए ।
आयोजक नेपाल कलेज अफ चेस्ट फिजिसियनका अध्यक्ष डा. संगीतलाल कसजूले विभिन्न देशका विज्ञहरुले आफूले सिकेका अनभुव र प्रविधिका विषयमा छलफल भएकाले सम्मेलन उपलब्धिमूलक भएको बताए । नर्भिक हस्पिटलका छातीरोग विशेषज्ञ डा. रमेश चोखानीले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनले नयाँ कुरा सिक्ने र अनुभव सुनाउने मौका मिलेको बताए । आयोजक कमिटिीका सचिव डा. शुभाष चन्द्र यादवले भविश्यमा पनि सम्मेलनले नरन्तरता पाउने जानकारी दिए ।
Leave a Reply