• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् मुखको क्यान्सर हुनुका कारण,कसरी बच्ने ?

February 22nd, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् मुखको क्यान्सर हुनुका कारण,कसरी बच्ने ?

डा.रश्मी पुन गुरुङ क्यान्सररोग विशेषज्ञ
काठमाडौ,फागुन ।

मुखका अंग तथा तन्तुका कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हुनु मुखको क्यान्सर (अर्बुदरोग) हो । कोष वृद्धिका कारण हुने गिर्खा हटाउँदा पनि झन् बढ्नु र घाउ–खटिरा आउनु क्यान्सरका लक्षण हुन् । मुखको क्यान्सर अर्थात् ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भाग र तालुमा घाउ हुने गर्छ ।
बढी कसलाई ?
सामान्यतया महिलाको तुलनामा पुरुषमा मुखको क्यान्सर बढी देखिने गरेको छ । जुनसुकै उमेरका मानिसमा मुखको क्यान्सर हुन सक्ने भए पनि नेपालको सन्दर्भमा धेरैजसो क्यान्सरपीडित ४० वर्षमाथिका उमेरका व्यक्ति भएको पाइन्छ ।
कारण
–मुखको क्यान्सर हुनुका विभिन्न कारण छन् । जसमध्ये पनि धूम्रपान र मद्यपान सेवन यसका मुख्य कारण हुन् ।
–खासगरी, निकोटिनयुक्त पदार्थ सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको पाइन्छ ।
–धुवाँको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थभन्दा पनि मुखमा राखेर खाइने सुर्तीजन्य पदार्थहरू तुलनात्मक रूपमा बढी
हानिकारक हुन्छन् । त्यस्तै, मद्यपान गर्ने मानिसमा पनि मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । अध्ययनअनुसार सुर्तीजन्यसँगै मदिराजन्य पदार्थको सेवन गर्दा १५ प्रतिशत मुखको क्यान्सर हुने सम्भावना थपिन्छ ।
–भाइरसको संक्रमणबाट पनि मुखको क्यान्सर हुने गर्छ । एचपिबी १६ नामक भाइरसका कारण मुखमा संक्रमण भई क्यान्सर हुन्छ ।
–रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
–पोषणको कमी, चोटपटक, मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ ।
–विकिरणका कारणसमेत कतिपय अवस्थामा मुखको क्यान्सर हुन्छ । अल्ट्राभाइलेट, आयोनाइजिङ विकिरण, एक्स–रे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ ।
–वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ । तर, यो ज्यादै कम प्रतिशत मात्र हुन्छ ।
लक्षण
–मुखका अंगहरूमा घाउ देखा पर्नु, निको नहुनु र दुखिरहनु ।
– कान दुख्ने, स्वरमा परिवर्तन हुनेजस्ता समस्या देखा पर्नु ।
–घाँटीमा गिर्खा पलाउने र घाँटी दुख्नेजस्ता समस्या देखिनु ।
–मुख र गिजामा घाउ आई रक्तश्राव हुने, खाना खान अप्ठयारो हुने, विनाकारण दाँत झर्ने हुन्छ ।
क्यान्सर भइसकेपछि मानिस कमजोर देखिने, रक्तअल्पता हुनेजस्ता अन्य समस्यासमेत देखिन्छन् ।

रोकथाम र उपचार
–सर्वप्रथम त मुखको सरसफाइमा ध्यान दिनुपर्छ । त्यस्तै, धूम्रपान, मध्यपानसँगै सुपारी, पान, गुट्खा पनि सकभर खानुहुँदैन । क्यान्सरका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
–सामान्यतया क्यान्सर चार चरणमा हुने गर्छ । पहिलो चरणको क्यान्सर भएमा शल्यक्रियाको माध्यमबाट यसको उपचार गर्न सकिन्छ । यदि क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकको भए यसको उपचार रेडिएसन र किमोथेरापीको माध्यमले गर्न सकिन्छ ।(नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकको आन्दोलन जारी, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार
Next article थप ५ अस्पताल केन्द्रिय सरकार मातहत (नामसहित)

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web