• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय परिवार योजना सम्मेलन

March 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय परिवार योजना सम्मेलन

हेल्थ टुडे,

काठमाडौं, ५ चैत : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय  परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर रहेकाहरुलाई सेवाको पहूँच भित्र ल्याउन आवश्यक रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत परिवार कल्याण महासाखाले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलन समापनका अवसरमा परिवार कल्याण महासाखाका निर्देशक डा. रामपदारथ बिच्छाले ६ बुँदे राष्ट्रिय परिवार योजना राष्ट्रिय सम्मेलन, २०७५ घोषणापत्र पढेर सुनाएका थिए । घोषणापत्रमा परिवार नियोजनको सेवाको पहूँच बाहिर रहेका समुदाय र भौगोलिक क्षेत्र पहिचान गरि नक्सांकन गरि लक्षित समूहका लागि सेवा बिस्तार गर्ने, एफपी २०२० को संकल्प अनुसार परिवार नियोजन सेवाको बजेट बढाउने, संघिय र स्थानिय तहमा परिवार नियोजनका सेवा पुनसंरचना गर्ने, विद्यालयको पाठ्यक्रममा अनिवार्य रुपमा वृहत्तर यौनिकता शिक्षा समावेश गर्ने, स्कुलहरुमा स्टाप नर्स मार्फत प्रजनन् स्वास्थ्य सेवा सुरु गर्ने र निजी संस्थाहरुको सहकार्यमा सेवा विस्तार गर्ने गरी ६ वटा बाचा गरिएको छ । निर्देशक डा. बिच्छाले सम्मेलन सोचे भन्दा सफल भएको दावी गर्दै सम्मेलनले नयाँ दिशा निर्देश दिएको बताए ।

समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्र घिमिरेले अहिले संघियताको नयाँ अनुभव गर्दे अगाडि बढ्दै गर्नु परेकाले परिवार नियोजन सेवामा केही समस्या विद्यमान रहेको स्विकार्दै सम्मेलनले यस क्षेत्रका समस्या पहिचान गरि अगाडि बढ्न मार्गप्रसस्त गरेको बताए । कार्यक्रममा यूएनएफपीएकी नेपाल प्रतिनिधि लुब्ना बाकीले नेपालको संसदले केही समय पहिले मात्र प्रजनन् स्वास्थ्य ऐन पास गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै अब यसको सफल कार्यन्वयनमा लाग्नु पर्ने बेला आइसकेको  बताइन । कार्यक्रममा यूएसएआईडीका नेत्र भट्ट, डिएफएआईडीका दीपक कार्की, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनी लगायतले सरकार र गैरसरकारी संस्थाहरुबिचको सहकार्यले परिवार नियोजनको सेवामा सहज पहूँच पुग्नेमा जोड दिए ।

यूएनएफपीए र आड्रा नेपालको मुख्य सहयोग र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत २० भन्दा बढी गैरसरकारी संस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा भाग लिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी साडे ३ सयभन्दा बढी सहभागी थिए । सम्मेलनमा ३० वटा प्रस्तुतिकरण र २८ वटा पोस्टर प्रस्तुति गरिएको थियो । सम्मेलन सफल बनाउन उल्लेख्य भूमिका निभाउनेहरुलाई आयोजक परिवार कल्याण महासाखाका निर्देशक डा. बिच्छाले प्रमाण पत्र र मायाको चिनो प्रदान गर्दै आभार व्यक्त गरेका थिए । सम्मेलन सम्पन्न गर्न करिव ५४ लाख रुपैया खर्च भएको आयोजकले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट
Next article ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा डा. यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133141
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web