• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो

June 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो

हेल्थ टुडे,
काठमाडौ,१८ जेठः त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । विश्वमै अत्यन्तै कठिन र जटिल मानिने प्रत्यारोपण तीन वर्षको अथक प्रयासपछि त्रि.वि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका हुन् । प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन् ।

डा.भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जाँदा करिब १६ घण्टा लगाएर प्रत्यारोपण सकिएको थियो । शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको जनाइएको छ । सर्जरीमा डा.भण्डारीको नेतृत्वमा १२ जना चिकित्सक सामेल थिए।

नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा.निरव गौरको टिम आएको थियो । अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । तर,भक्तपुरको मानव अंग प्रत्यारोपणमा नियमित हुन सकेको छैन् ।

शिक्षण अस्पतालका सर्जन डा. भण्डारीले दक्ष र चुस्त टिम भएकाले अस्पतालमा कलेजो प्रत्यारोपण कार्य नियमित हुने जानकारी दिए । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमै प्रत्यारोपण हुने चिकित्सकले बताएका छन् । अस्पतालले १ वर्षमा १२ वटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोटीमा आँखा पाक्ने रोगको महामारी, निजी मेडिकल तथा क्लिनिकमा बिरामीको भीड
Next article गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web