• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

June 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

हेल्थ टुडे,

काठमाडौं, २८ जेठ :  तराईका ५० प्रतिसत बासिन्दा तातोहावा ‘लु’ का कारण स्वास्थ्य समस्यासँग जुध्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तराईका जिल्लामा गरेको नेपालमा तातो हावा ‘लु’ र त्यसले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभावको बिषयमा गरेको अध्ययनले यो तत्थ बाहिर ल्याएको हो । परिषद्ले नेपालमा तापक्रम बढ्ने प्रवृति, बढ्दो तापक्रमले व्यक्तिमा पारेको प्रभाव र बढ्दो तापक्रमको प्रभावबाट बच्न संस्थागत रणनीति गरि मुख्य गरि ३ वटा बिषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा परिषद्ले देश भरिका ३३ वटा स्टेसनबाट सन् १९८७ देखिको जानकारीलाई विश्लेषण गर्दा पछिल्ला वर्षमा तराईका जिल्लाहरुमा गर्मी बढ्दै गइरहेको पाइएको छ । तातो हावा ‘लु’ चल्ने तराईका मुख्य तिन जिल्लाका ३१८ जना सहभागीमा गरिएको अध्ययन अनुसार तातो हावाले तराईका ५० प्रतिसत बासिन्दामा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या समस्या देखिएको पाइएको परिषद्को अध्ययनले देखाएको छ । अत्यधिक गर्मीका कारण अधिकांशमा छाला सम्बन्धी समस्या पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले तातो हावाका कारण स्वास्थ्य समस्या बढ्दै गइरहेको अध्ययनले देखाए पनि अध्ययनमा सहभागी मध्ये ३० प्रतिसतले बढ्दो तापक्रमबाट बच्न कुनै पनि बचावटका साधन प्रयोग गर्ने नगरेको पाइएको बताए । बढ्दो तापक्रमका कारण तराईका बासिन्दा बढी प्रभावित भइरहेकाले तराईमा यो अध्ययन गरिएको डा. झाले बताए । तातो हावा र यसका असरबारे बच्न तराईमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र व्यक्तिगत र संस्थागत पहल हुनु पनि आवश्यक रहेको अध्ययनले औल्याएको छ । तराईका जिल्लाहरुमा जेठ, असार र साउनमा तापक्रम ४५ डिग्रीसम्म पुग्ने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला
Next article धरानमा फैलिएको डेङ्गु नियन्त्रण हुन सकेन, एकैदिन थपिए ८९ जना नयाँ बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web