हेल्थ टुडे,
काठमाडौं, १४ साउन : एकलाख नगद घुस सहित सोमबार राजधानीको बबरमहलबाट रंगेहात पक्राउ परेका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । एफएम रेडियोमा स्वास्थ्य सन्देश प्रशारण गर्ने काम मिलाई दिए वाफत सेवाग्रहीबाट गुप्ताले एक लाख रुपैया नगद घुस लिदै गरेको बेला अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।
गुप्ता लामो समयदेखि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकूमा सातौ तहमा कार्यरत थिए । अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रंगेहात पक्राउ परेपछि गुप्ताको अनुसन्धान जारी रहेको र केही दिनभित्रै कसुर बमोजिम विशेष अदालतका मुद्दा दायर गरिने तयारी भइरहेको बताए । काईरालाले भने, ‘रंगेहात पक्राउ परेदेखि नै अनुसन्धान सुरु भइसकेको छ । के के बिषयबस्तुमा अनुसन्धान भयो त्यो सार्वजनिक गर्न मिल्दैन । अहिले पनि थप अनुसन्धान जारी छ ।’
Leave a Reply