• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मस्तिष्कघात एक जटिल समस्या

November 19th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कघात एक जटिल समस्या

हेल्थ टुडे,

काडमाण्डौ,३ मंसिर : सामान्य रूपमा बुझ्दा मस्तिष्कमा हुने रक्त प्रवाहमा अवरोध नै स्ट्रोक हो । जसमा नशा फुटेर वा नशा बन्द भएर पनि अवरोध हुन्छ । पचास वर्ष नाघेमा मानिसमा ब्रेन अट्याकको जोखिम बढी हुने भए पनि त्यसभन्दा कम उमेर समूहका मानिसमा पनि यसको आक्रमण बढ्दै गएको छ ।

हिँड्दाखाँदैको मान्छे अचानक बेहोस् भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिको होस् आए पनि पहिलाजस्तो सद्दे हुन सक्दैनन् । सहरी समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । अनियन्त्रित रक्तचाप, मधुमेह, रगतमा चिल्लो पदार्थको मात्रा बढ्ने समस्या कोलेस्ट्रोलजस्ता कारणले स्ट्रोकको समस्या बढ्दैछ । सजिलो गरी स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्कघात पनि भनिन्छ ।कुनै कारणले मस्तिष्कका कोशिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिने र कोशिकाको मृत्यु भई ब्रेन अट्याक हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बे्रन अट्याक क्यान्सर र मुटुरोग पछिको मृत्युको तेस्रो ठूलो कारण हो ।चिकित्सकका अनुसार बे्रन अट्याक हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । यो संख्या कूल बे्रन अट्याक हुने संख्याको २५ प्रतिशत हो । बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ ।गरिब देशमा बे्रन अट्याकको प्रमुख कारण अस्वस्थकर जीवनशैली हो । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई बे्रन अट्याक हुनसक्छ ।

वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तका अनुसार नशा बन्द भएर स्ट्रोक हुनुको प्रमुख कारण अस्वस्थकर जीवनशैली नै हो । जसमा धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खानेकुराको प्रयोग गर्ने, व्यायामको अभावजस्ता कारणले रगतको नशामा बोसो जमेपछि मस्तिष्कसम्म रक्तप्रवाहमा अवरोध हुन्छ र थुनिन्छ । ‘समयमै अस्पताल पु¥याएर हृदयघातको उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन अट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न । केही न केही खोट भएको जीवन बिताउनु पर्छ,’ डा. पन्त भन्छन् ।

जीवनशैली स्वस्थकर बनाए पहिलो कारणबाट हुने र ब्लडप्रेसरको औषधिमा लापरवाही नगरे सामान्यतः दोस्रो कारणबाट हुने बे्रन अट्याकबाट बच्न सकिने डा.पन्तको भनाइ छ । कम्तीमा तीन मिनेटसम्म मस्तिष्कमा रगत सञ्चार भएन भने पहिला मस्तिष्कको र क्रमशः अन्य अंगको मृत्यु हुन्छ । बे्रन अट्याक भएको अवस्थामा निश्चित नशा मात्रै थुनिने भएकाले त्यो नशाले रगत पु¥याएको क्षेत्र मात्रै प्यारालाइसिस हुन्छ । त्यसैले साढे तीन घण्टाभित्र अस्पताल पु¥याउन सकेमा ह्याम्रेज भएको छैन भने नशालाई खोल्न सकिन्छ । त्यसैले पनि यस्ता रोगीलाई जतिसक्दो छिटो अस्पताल पु¥याउन चिकित्सकहरु सुझाउँछन् ।

यस्ता रोग भइसकेको अवस्थाका बिरामीलाई बचाउन देशभित्र अत्याधुनिक उपचार प्रणाली सुदृढ गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । जीवनशैलीलाई स्वस्थ्यकर बनाउन, ध्यान जपजस्ता कुरालाई समेट्ने न्याचुरोप्याथीबाट पनि जोखिम कम गर्न सकिन्छ । अहिले जीवनशैली बिथोलिएको छ । जसका कारण यस्ता रोगको खतरा बढ्दै गएको छ । औषधि र प्रविधिसँग जोडिएको उपचारात्मक सेवासँगै न्याचुरोप्याथीसँग हातेमालो गरेर अगाडि बढ्दा नै रोग भएको अवस्थामा उपचार र रोगबाट बच्ने आधार पनि बनाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रकाशको निधन हृदयघातले ! यथार्थ शंकाको घेरामै
Next article सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132688
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web