• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

ब्लड क्यान्सरको उपचार नेपालमै

November 23rd, 2017 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड क्यान्सरको उपचार नेपालमै

 

 

भक्तपुर क्यान्सर अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा.अजयकुमार झासँग ब्लड क्यान्सर र बोनम्यारोको उपचार सम्बन्धि गरिएको कुराकानी :

 

रगतसम्बन्धी रोग के के हुन्छन् ?

रगतसम्बन्धी थुप्रै रोगहरू छन् । क्यान्सर र क्यान्सर नभएका गरी रगत रोगलाई हामी दुई भागमा बाँड्न सक्छौं । ब्लड क्यान्सरबाहेक रक्तअल्पता, एल्पास्टिक एनिमिया, सिक्लेस एनिमियाजस्ता रगतसम्बन्धी रोगहरूका कारण हजारौं बिरामी पीडित छन् । यिनीहरूमध्ये सबैभन्दा बढी रक्तअल्पताबाट ठूलो संख्यामा नेपाली पीडित छन् ।

रक्तअल्पता के कारणले हुन्छ ?

थुप्रै कारण छन् । तीमध्ये प्रमुख कारण कुपोषण हो । खानामा पर्याप्त आइरनको कमी भएमा, पेटमा जुका परिरहेमा, औलो लागेमा रक्तअल्पता हुन सक्छ । त्यस्तै शरीरबाट बढी रगत बगेमा, गर्भवती भएको अवस्थामाा पनि रक्तअल्पता हुन सक्छ । कहिलेकाहीँ वंशाणुगत कारण र केही रोग विशेषले गर्दा पनि रक्तअल्पता हुने गर्छ । मुख्यकुरा खानेकुरामा आइरनको कमीले गर्दा नै रक्तअल्पता हुने गर्छ । रक्तअल्पताबाट सबै उमेरसमूहका व्यक्ति पीडित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ६० प्रतिशत व्यक्तिमा रक्तअल्पताको समस्या छ ।

कुन उमेरसमूहका व्यक्ति यो समस्याबाट बढी पीडित छन् ?

महिला, किशोरी र बालबालिकाहरूमा यो समस्या छ । त्यसमा पनि गर्भवतीलाई यो समस्या अलि बढी छ । नेपालमा आमा बन्ने क्रममा मृत्यु अत्यधिक हुनुमा यो पनि एउटा प्रमुख कारण हो । गर्भवती महिलाको शरीरबाट नै गर्भमा रहेको भ्रूणलाई पोषण, अक्सिजन आदि सबै जाने गर्छ । यस्तो बेलामा महिलाको शरीरलाई केही बढी पोषणको जरुरत पर्छ । हाम्रो समाजमा केही जातिहरूमा गर्भवती महिलालाई दोजिया (दुई जिउकी) भनेर बढी भोजन दिइन्छ भने कतै कम खाना दिइन्छ । केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूधदही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वास पनि  छन् । यसले गर्दा गर्भवती महिलाहरू कुपोषण र रक्तअल्पताजस्ता रोगहरूबाट पीडित हुने गर्छन् । यसैगरी सुत्केरी भएको बेलामा आमालाई हरियो सागपात, दाल खान दिएमा बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर खान दिइँदैन । यस्ता अन्धविश्वासले पनि महिलाहरूमा रक्तअल्पता धेरै हुने गरेको छ । बालबालिकामा पनि रक्तअल्पता धेरै छ ।

पर्याप्त खानेकुरा पाउनेलाई पनि हुन्छ त रक्तअल्पता ?

पहिले जुन घरका बालबालिकाले पर्याप्त मात्रामा खाना पाउँदैनन् प्रायः त्यस घरका बालबालिकामा रक्तअल्पता हुने गर्छ भन्ने मान्यता थियो । तर आजको समयमा रक्तअल्पता हुने कारण्हरू अरू पनि छन् । पर्याप्त मात्रामा खाना उपलब्ध हुने घरका बालबालिकामा पनि रक्तअल्पता भएको पाइएको छ । विशेषगरी पुरियाबन्द तथा आधुनिक तयारी खाना बढी प्रयोग गर्ने बालबालिकाहरूमा यो समस्या देखिएको छ ।

रक्तअल्पता रोकथाम गर्न सरकारले गरिरहेको प्रयासलाई कसरी लिनु हुन्छ ?

सरकारले गर्भवती महिलालाई निःशुल्क आइरन चक्की बाँडिरहेको छ । तर गर्भवती महिलालाई मात्र बाँडेर भएन । रक्तअल्पताको समस्या नेपालमा सबै उमेरसमूहमा छ । त्यसमा पनि बालबालिकामा बढी देखिएको छ । सरकारले बालबालिकालाई पनि आइरन चक्की बाँड्ने जस्तै कार्यक्रम ल्याउनु आवश्यक छ । भारतमा बालबालिकाका लागि एनिमिया प्रिभेन्सन प्रोग्राम ल्याएको छ । त्यसले त्यहाँ रक्तअल्पता कम गर्न सहयोग मिलेको छ । नेपाल सरकारले पनि बालबालिकाका लागि कार्यक्रम सुरु गर्नुपर्छ ।

ब्लड क्यान्सरको उपचारका लागि थुप्रै नेपाली विदेश जान्छन् । नेपालमै सबै उपचार सम्भव छैन ?

ब्लड क्यान्सरको उपचार नेपालमै गर्न सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालमा हामी सयौंको उपचार गरिरहेका छौ । वर्षमा मैले तीन सयभन्दा बढी बिरामी त मैले नै हेर्ने गरेको छु । अरू डाक्टरसाबहरूले पनि उपचार गर्छन् होला । त्यसैले धेरै पैसा खर्च गर्न र अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन विदेश गए भइगो । तर ब्लड क्यान्सरकै उपचारकै लागि विदेश जानु पर्ने अवस्था छैन । नेपालमै हामी उपचार गरिरहेका छौं ।

ब्लड क्यान्सरका लक्षण के के हुन सक्छन् ?

जोर्नी दुख्ने, रगतमा हेमोग्लोबिन कम हुने, ब्लिडिङ हुने, संक्रमण हुनेजस्ता लक्षण भएमा ब्लड क्यान्सरको शंका गर्न सकिन्छ । तर बिना स्वास्थ्य परीक्षण यसको निक्र्यौल गर्न भने सकिन्न ।

बोनम्यारो प्रत्यारोपण कहिले सुरु हुन्छ भक्तपुर क्यान्सर अस्पतालमा ?

बेनम्यारो प्रत्यारोपण त्यति सजिलै गर्न सकिने चिज होइन । एकजना बोनम्यारो प्रत्यारोपणविद्ले मात्र गर्न सक्ने चिज होइन । यो मल्टिप्यासलिटी भएको अस्पतालमा मात्र सम्भव छ । त्यसका लागि विज्ञ चिकित्सक, अत्याधुनिक प्रयोगशाला, पर्याप्त सुविधा, अस्पतालको वातावरण सबै कुराले निर्धारण गर्छ । भक्तपुर क्यान्सर अस्पतालमा अहिले नै सम्भव छैन । हामीले भविष्यमा योजना भने बनाएका छांै ।

क्यान्सर बिरामीको उपचारमा सरकारको सहयोग पर्याप्त भएन भन्ने गुनासो छ नि ?

सरकारले क्यान्सर रोगको उपचारका लागि विपन्न बिरामीलाई सहायताका नाममा एक लाख रुपैयाँ दिएर झारा टार्ने गरेको छ । क्यान्सर रोग उपचारका लागि एक लाखले कुनै अर्थ राख्दैन । तीन करोड जनसंख्याका लागि सरकारले एकमात्र सरकारी क्यान्सर अस्पताल खोलेको छ भरतपुरमा । बर्सेनि ३० हजार क्यान्सरका बिरामी थपिन्छन् नेपालमा । के तिनीहरूको उपचार बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले मात्र गर्न सक्छ त ? कि सरकार आफंैले हरेक प्रदेशमा कम्तीमा पनि एकएकवटा क्यान्सर अस्पताल खोल्नु प¥यो । त्यो सक्दैन भने न्यूनतम शुल्कमा उपचार सेवा दिइरहेका भक्तपुर क्यान्सर अस्पतालजस्ता अस्पताललाई सहयोग गर्नु प¥यो । क्यान्सर रोग विशेषज्ञ एकदमै कम छन् । बढाउन पहल गर्नुपर्छ । पलायन रोक्नुपर्छ । त्यसो भएमात्र हामी क्यान्सरका बिरामीको उपचार स्वदेशमै गर्न सक्छांै ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्
Next article स्तन क्यान्सरकी अभियन्ता

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133774
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web