• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मिर्गौंला कसरी जोगाउने ?

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौंला कसरी जोगाउने ?

डा. सुमित आचार्य

मिर्गौंला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपूर्ण अंग हो । प्रत्येक मिर्गौंला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ । मिर्गौंलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपबाट बाहिर पु¥याउँछ । यसका अतिरिक्त मिर्गौलाले राता रक्तकोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥र्याउँछ । मिर्गौंला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मिर्गौंला परीक्षण गर्नुपर्छ । मिर्गौंला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मिर्गौंला रोगको लक्षण देख्नु भनेको मिर्गौंला बिग्रिसकेको अवस्था हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ । मिर्गौंलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । मिर्गौंलाको उपचार निकै नै महँगो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजोर हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउँछ ।

मिर्गौंलाले के काम गर्छ ?

मिर्गौंलाले हामीले खाएको खाद्यपदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दूषित पदार्थ शरीरमा नबसोस् भनेर मिर्गौंलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मिर्गौंला रोग लागेपछि रगत छानेर दूषित पदार्थ पिसाबमा फाल्ने क्षमता घट्छ ।

मिर्गौंला रोगको लक्षणहरू

शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने । खाना रुचि कम हुने, वाकवाक लाग्ने ।  शरीरमा रगत कम भएर शरीर सेतो हुने । शरीरको छाला गाढा कालो भएर जाने ।  सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुने ।सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मिर्गौंलासम्बन्धी रोग हुन सक्छ ।

मिर्गौंला बिग्रनुका कारणहरू

शरीरमा पानीको मात्रा कम हुनुजस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु ।

पिसाब मार्गमा ढुंगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने । धेरै मात्रामा औषधिहरू सेवन जस्तै– केही एन्टिबाइटिक र दुखाइ कम गर्ने औषधिहरू । रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगजस्तै स् एचआईभी एड्स हेपाटाइटिस ‘बी’ र ‘सी’ वा लामोसमयसम्म भाइरसको संक्रमण । मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नहुनु ।

मिर्गौंला रोगबाट बच्न के गर्ने ?

रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौं । स्वस्थ व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।  प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा
Next article निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web