• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्वस्थ्य रहन आत्मबल उच्च 

November 26th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ्य रहन आत्मबल उच्च 

डा. प्रकाशराज रेग्मी

जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ्य रहन सक्दैन । पूर्ण स्वस्थताका लागि शारीरिक स्वास्थ्यका साथै जीवनमा सुखको अनुभूतिसमेत हुनु अत्यावश्यक छ । यसकारण प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि सुखी वन्न सिक्नुपर्छ । सुख र दुःख भन्ने कुरा भावना र संवेदनासँग गाँसिएको कुरा हो । जीवनको वास्तविक लक्ष्य नै सुखको प्राप्ति हो ।  जीवनशैली परिवर्तनको प्रथम कदम जीवनलार्य सुखी वनाउने बारेको चिन्तनबाटै सुरु गरिनुपर्छ । धेरै मानिसले आफ्नो जीवनलाई आफैंले जटिल र रोगी बनाएका छन् । जीवन बिताउने कला र पद्धति नजानेर धेरै मानिस रोगी भएका छन् ।

धेरै रोजहरू मान्छेको सोचाइबाट आएका छन् । सोचाइ र आत्मबल कमजोर भयो भने रोगले सजिलै आक्रमण गर्न सक्छ । आत्मबल बलियो छ भने त्यस व्यक्तिलाई सानोतिनो रोगले छुन सक्दैन, साथै रोग लागिहाले पनि रोगलाई नियन्त्रणमा ल्याउन सजिलो पर्छ । यसकारण शरीर स्वस्थ राख्न आत्मबल बलियो हुनुपर्छ । आत्मबलका साथै शारीरिक शक्ति र ऊर्जा पनि बलियो बनाउन सक्नुपर्छ । उच्च आत्मबल, बलियो शक्तिशाली शरीर र प्रशस्त ऊर्जा भएको व्यक्तिबाट रोग पनि पराजित हुन्छ । यसकारण निरोगी रहन आत्मबल बढाउनुपर्छ, शरीरलाई बलियो बनाउनुपर्छ, साथै शरीरमा प्रशस्त ऊर्जा सञ्चालित गराइराख्नुपर्छ । यसो भएमा व्यक्तिलाई स्वस्थ रहन सहयोग पुग्छ ।

सुखबारे सबैका आ–आफ्नै धारणाहरू छन् । यहाँ सुखलाई स्वास्थ्यसँग जोड्न खोजिएको छ । स्वस्थ जीवनका लागि सुख प्राप्ति अपरिहार्य छ । सुख वस्तुगत नभई मनोगत कुरा भएको हुनाले यसलाई बुझ्न र प्राप्त गर्न आँखा चिम्लिएर भित्री मनले प्रयत्न गर्नुपर्छ । भित्री मनको आँखा खुलेपछि मात्र वास्तविक रूपमा मानिसमा परिवर्तन आउन सक्छ । जीवनलाई सुखी बनाउन, जीवनशैली स्वस्थ बनाउन सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ ।

मन रोगी भयो भने शरीर रोगी हुन्छ । मन स्वस्थ छ भने शरीर पनि स्वस्थ बन्न सक्छ । यसकारण सर्वप्रथम मनलाई निरोगी राख्ने प्रयत्न गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने कुनै औषधि वा इन्जेक्सन छैन । चक्की खाएर वा सुई लगाएर जीवनशैली परिवर्तन हुँदैन । यसका लागि आफैंले प्रयास गर्नुपर्छ । भित्रदेखि म यस कार्यमा लाग्छु, यो मेरै लागि हो, प्रयास गरेँ भने म सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता कसैले भित्री मनदेखि नै महसुस गर्दैन भने उसले जीवनशैली परिवर्तन गर्ने प्रयास नगरे पनि हुन्छ । भित्री चाहना बलियो र आवश्यकताको बोधसहित भयो भने मात्र प्रयास सफल हुन सक्छ । जीवनशैली परिवर्तन सुखी र स्वस्थ जीवन प्राप्त गर्नका लागि हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हरेक स्कुलमा नर्स
Next article डा. भोला रिजाल भन्छन, म महिला हूँ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132542
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web