• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्तनपात गराउने सही तरिका

December 21st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तनपात गराउने सही तरिका

विणा श्रेष्ठ

स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेको हुनुपर्छ । शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ । शिशुको टाउको र शरीर सीधा र आमातर्फ फर्केको हुनुपर्छ । शिशुको नाक स्तनको मुन्टोको ठीक अगाडि पार्नुपर्छ ।

शिशु र आमा एकआपसमा हेराहेर गरेको हुनुपर्छ । शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ । आमाको दुवै हातले शिशुको पिठ्यूमा राम्रोसँग समातेको हुनुपर्छ । यस्तै स्तनपान गर्दा बच्चाको मुख पूरा खुलेको हुनुपर्छ । स्तनको वरिपरिको कालो भाग पूरै मुखभित्र पसेको हुनुपर्छ । ओठको भित्री भाग स्तनको तलपट्टि बाहिर निस्केको हुनुपर्छ । शिशुको जिब्रो आमाको स्तनको मुनिपट्टि परेको हुनुपर्छ । शिशुको गाला गोलो र पुष्ट भएको हुनुपर्छ । दूध निलेको आवाज आउने गरी विस्तारै तल गहिरोसँग रोकिँदै चुस्दै गरेको हुनुपर्छ । यसका साथै स्वास्थ्य संस्थामा लगेर बच्चालाई के के खान दिने र कतिकति पटक खानदिने भन्ने सम्बन्धमा सल्लाह लिनुपर्छ । बच्चा बिरामी परेको बेलामा पनि खाना खुवाई रहनुपर्छ । खाना नदिने वा खाना कम खुवाउनु हुँदैन । साविकभन्दा बढी पटक खुवाउनु पर्छ ।

यसैगरी बच्चा ६ महिना पुगेपछि पाँच वर्षसम्म ६÷६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल ख्वाउनुपर्छ । भिटामिन “ए’ महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गर्छन् । भिटामिन ‘ए’ को साथै एक वर्षदेखि पाँच वर्षका बच्चालाई जुकाको औषधि पनि खुवाउनुपर्छ । बच्चाको उमेर बढ्दै जाँदा खानाको परिमाण र खुवाउने पटक पनि बढाउँदै जानुपर्छ । जिम्मेवार तथा बुद्धिमान आमाबुबाले आफ्नो बच्चाको तौल राम्ररी बढिसकेको छ, छैन भन्ने थाहा पाउन हरेक महिना स्वास्थ्य संस्थामा लगेर तौल हेर्नुपर्छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नवजात शिशुलाई कसरी नुहाउने
Next article पैसाकालागि कण्डम बिनै यौन सम्पर्क

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web