• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

December 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

हेल्थ टुडे

काठमाडौं, ७ पुष :  बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका ख्याति प्राप्त वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको रोग पहिचान गर्न बेलायतका डाक्टरहरुलाई समेत हम्मे हम्मे परेको छ । यही रोग लागेको हो भनेर उपचारमा संलग्न चिकित्सकहरुले समेत अहिलेसम्म नभनेको तर बेलायतकै वरिष्ठ चिकित्सकहरुको निरन्तर प्रयास स्वरुप डा. देवकोटाको स्वास्थ्य अवस्था समान्य रहेको पारिवारिक स्रोतले बताएको छ ।

६३ वर्षिय डा. देवकोटा बेलायतमा अध्ययनरत छोरी भेट्न पत्नी डा. मधु देवकोटा सहित केही दिन पहिले लण्डन गएका थिए । डा. देवकोटा एक्कासी अचेत भएपछि उनलाई उपचारका लागि किङ्स कलेज हस्पिटल भर्ना गरिएको हो । डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनी अस्पताल भर्ना भएको थाहा पाएपछि त्यहाँका बरिष्ठ चिकित्सक नै उनको उपचारमा  संलग्न रहेको पारिवारिक स्रोतले बताएको छ । डा. देवकोटाका भतिजा बसन्त देवकोटाले उनको स्वास्थ्य अवस्था समान्य रहेको खबर प्राप्त भएको बताए । उनले भने, ‘ उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको छ । यही समस्या भएको अझै थाहा हुन सकेको छैन । ’

डा.देवकोटा बिरामी परेर लण्डनमा उपचार गराइरहेको खवर पाएपछि उनको स्वास्थ्य अवस्था बुझ्न बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र दूतावासका कर्मचारी अस्पताल पुगेका थिए । डाक्टरहरुले नै रोगबारे भन्न स्पष्ठसंग भन्न नसकेकाले डा. देवकोटालाई यही नै भएको हो भन्न सकिने अवस्था नभएको दूतावास स्रोतले जनाएको छ । डा. देवकोटा दक्षिण एशियाकै उत्कृष्ठ वरिष्ठ न्यूरो सर्जनका रुपमा चिनिन्छन । पूर्व राजा ज्ञानेन्द्रले सत्ता लिएपछि वीर अस्पतालको न्यूरो विभागमा कार्यरत डा. देवकोटालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि उनले सरकारी सेवा छोडेर बासवारीमा आफ्नै लगानीमा न्यूरो अस्पताल सञ्चालनमा ल्याएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.प्याकुरेललाई सम्मान
Next article रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web