• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भ खेर गए के गर्ने ?

December 26th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भ खेर गए के गर्ने  ?

चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्छन् । तर, पनि कतिपय अवस्थामा गर्भवती महिलाको पेटबाट बच्चा खेर जान सक्छ । सन्तान सुखको चाहमा रहेका केही दम्पतीलाई गर्भ खेर जाने समस्याले सताइरहेको हुन्छ । हेरचाह र सावधानी नगर्नेमा मात्र होइन, उचित हेरचाह र सावधानी अपनाउँदा पनि बेलाबखत महिलाको गर्भबाट भ्रूण खेर जाने गर्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई गर्भपात वा गर्भपतन भएको भनिन्छ । वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा. सरस्वती पाध्येका अनुसार गर्भवती महिलाको पाठेघरमा बढिरहेको शिशु २८ हप्ताभन्दा पहिले विभिन्न समस्याका कारण बाहिर निस्कने समस्या नै गर्भपतन हुनु हो ।
डा. पाध्येका अनुसार सामान्यतया २८ हप्ताभन्दा अघिको एक सय ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ । तर, नेपालमा त्यसपछिका हप्तामा पनि विभिन्न कारणले गर्भपतन हुने गर्छ । गर्भेशिशु खेर जाने समस्या वंशाणुगत समस्याले पनि हुनसक्छ । ‘धेरै कारणले गर्भेशिशु खेर जानसक्छ, त्योमध्ये वंशाणुगत कारण पनि एक हो,’ उनले भनिन्, ‘यस्तै महिलामा क्रोमोजोम हर्मनमा विकृति भएमा पनि यस्तो हुनसक्छ ।’
कुनै कुनै महिलामा श्रीमान्को वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्राकृतिक रूपमा नै भ्रूण फ्याँकिने समस्या निम्तिने डा. पाध्ये बताउँछिन् । उनका अनुसार महिलाका हर्मनमा आउने गडबडीसँगै मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । यसका साथै गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुंगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु जस्ता कारणले पनि गर्भे भ्रूण खेर जाने गर्छ ।
चिकित्सकका अनुसार गर्भ खेर जाने समस्यालाई थे्रटेन्ट एबोर्सन, इनएभिटेबल एबोर्सन, इन्कम्प्लिट एबोर्सन, कम्प्लिट एबोर्सन, सेप्टिक एबोर्सन, ह्याबिच्युअल एबोर्सन, मिस्ड एबोर्सनलगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । डा. पाध्येका अनुसार थे्रटेन्ट एबोर्सनमा रक्तस्राव, दुख्ने जस्ता समस्या हुन्छ । यस्तो अवस्थामा गर्भाशयको मुख बन्द नै हुन्छ । उचित आराम र उपचारले गर्भले निरन्तरता लिन सक्छ । यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ । तर, हेलचेक्य्राँइ गरेमा गर्भ खेर जान्छ ।
इनएभिटेबल एबोर्सनमा गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।  इन्कम्प्लिट एबोर्सनमा गर्भपतन अधकल्चो भएको हुन्छ । भ्रूण अथवा सालको केही भाग बाहिर निस्कने र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्सिस भई र बढी रक्तस्रावले गर्दा गर्भवतीको मृत्युसमेत हुने डर हुन्छ ।
भ्रूण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ । यसबेला बेथा लागेजस्तै गरी दुख्छ र सम्पूर्ण भ्रूण तथा सालनाल बाहिरिन्छ र दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक एबोर्सनमा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढी दुख्ने समस्या हुन्छ । यस्तो नहोस् भनी पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मिर्गौलाको अवस्था हेर्न रगत, पिसाब आदि जाँच गराउनुपर्ने डा. पाध्ये बताउँछिन् । उनका अनुसार विभिन्न कारणले दुई वा दुईभन्दा बढीपटक गर्भ खेर गएको छ भने त्यस्तो अवस्थालाई ह्याबिच्युअल एबोर्सन भनिन्छ । यसको उपचार गर्न गाह्रो हुन्छ । तर, समस्या पहिचान गरेर निराकण भने गर्न सकिन्छ ।
पाठेघरमा जुनसुकै बेला भ्रूणको विकास नभई विनाश हुने अर्थात् मृत्यु हुने समस्यालाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो समस्या अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ । अथवा, आमाले बच्चा नचलेको शंका लागेमा थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा पाठेघरको आकार हेरेर उपचार गर्नुपर्ने डा. थापा बताउँछन् । उनका अनुसार गर्भ खेर जाने धेरै कारण भएकाले दम्पतीले गर्भाधान गर्ने तयारी गर्दादेखि नै दुवैको स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्न र चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी
Next article रहेनन् जनस्वास्थ्य विज्ञ केके सिंह

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web