• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा तुलसीको पात सेवनका फाइदाहरु

January 9th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा तुलसीको पात सेवनका फाइदाहरु

तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा स्वासप्रश्वासम्बन्धी रोगलाई पनि निको पार्ने गर्छ । यसको नियमित प्रयोगले मानिसमा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । यस्ता छन् तुलसीको पात सेवनका फाइदा :

मधुमेहको खतरा कम गर्छ 
तुलसीको पातमा युजिनोल, मिथाइल युजिनल र केरियोफिलिन हुन्छ । जसको कारण प्यान्क्रियटिक बिटा सेल्सले शरीरमा राम्रो काम गर्न थाल्छ । जसले शरीरमा इन्सुलिनको पनि स्वाभाविक विकास हुन्छ । यसो हुँदा रगतमा चिनीको मात्रा सन्तुलित हुन्छ । जसकारण मानिस मधुमेहको रोगबाट बच्न सक्छ ।

तनावबाट छुटकारा
विभिन्न अनुसन्धानअनुसार तुलसीको पातमा तनाव कम गर्ने हर्मोन कार्टिसोल पाइन्छ । दैनिक १२ वटा तुलसीको पात सेवन गरेमा तनावबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरको खतरा दूर
तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकर्सिनोजेनिक गुण हुन्छ । जसले स्तन र मुखको क्यान्सर हुनबाट जोगाउँछ ।तुलसीको १० वटा पात र ल्वाङलाई एक ग्लास पानीमा उमाल्नुहोस् । अनि त्यसमा सिदेनुन पनि राख्नुस् । यसरी उमालेको पानी पिउँदा शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

पेटको समस्या छ ?
तुलसीको रस पिउनाले पेटको समस्याबाट पनि मुक्ति पाइन्छ । तुलसीको पातको नियमित सेवन गर्दा समयमा भोक लाग्ने, कार्यक्षमतामा विकास हुने, रगतमा कोलस्ट्रोलको मात्रा कम गर्ने हुन्छ । त्यस्तै, ग्यास्ट्रिक, पेटको दुखाइ, कोलाइटिसजस्ता रोग पनि निको पार्ने काम गर्छ ।

टाउको दुखाइबाट राहत 
यदि तपाईंमा साइनसिस, एलर्जी, टाउको दुखाइको समस्या छ भने पनि तुलसीको प्रयोग गर्न सक्नुहुन्छ । तुलसीको पातलाई पानीमा उमालेर पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

छालाको समस्याबाट मुक्त
छालासम्बन्धी विविध रोग छ भने त्यसलाई तुलसीको मद्दतले निको पार्न सकिन्छ । दाद, एलर्जी भएको ठाउँमा तुलसीको पात मिचेर लगाउँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै, सुत्नुअघि अनुहार र छालामा तुलसीको तेल लगाउन पनि सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ 
तुलसीको पातलाई धुनुहोस् र चपाएर मनतातो पानीसँग पिउनुहोस् । त्यसको ३० मिनेटसम्म केही पनि नखानुस् । नियमित रूपमा एक महिनासम्म यस्तो गतिविधि गरेमा शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

नँयापत्रिकाबाट

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी जन्मन्छ समयअगावै बच्चा
Next article भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134282
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web