• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

यौन स्वास्थ्य पढदा कक्षामै भुतुक्कै 

January 2nd, 2018 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन स्वास्थ्य पढदा कक्षामै भुतुक्कै 

सन्ध्या केसी

यौन शिक्षाका कारण यौन र प्रजननप्रतिको निषेधको मनोविज्ञान क्रमशः सकारात्मक बन्दै छ । स्कुलमा पढ्ने किशोरकिशोरीले पनि यसलाई सहज रूपमा ग्रहण गर्न थालेका छन् । अहिले निजी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएर सरकारी स्कुलमा अध्ययनरत किशोरकिशोरी र शिक्षक यौनका विषयमा कुनै संकोच मान्दैनन् । सत्य, तथ्य जानकारी लिन्छन् । इन्टरनेटको सहज पहुँचका कारण पनि कतिपय स्कुलमा यौन तथा प्रजनन स्वास्थ्यका केही कुरामा त शिक्षकभन्दा विद्यार्थी अगाडि छन् । सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएर अधिकांश स्वास्थ्य शिक्षा पढाउने शिक्षक पढाउदा संकोच मान्ने एउटै कारण हो, स्वास्थ्यमा समावेश यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समेटिएको विषयवस्तु ।

स्कुल शिक्षामा कक्षा ६ देखि ८ सम्म स्वास्थ्य जनसंख्या र वातावरण शिक्षा विषयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ भने कक्षा ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षालाई अनिवार्य बनाइएको छ । कक्षा ११ र १२ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अलग्गै विषयको रूपमा पढ्न पाइन्छ । यी विषयमा महिला र पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी, एड््स, स्वप्नदोषलगायतका विषयवस्तु समावेश गरिएको छ । यिनै विषयवस्तु बढाउँदा लजाउने शिक्षक अहिले निःसंकोच पढाउन थालेका छन् । शिक्षक र विद्यार्थी दुवैले यस विषयमा तालिम पाएपछि उनीहरू यौन र प्रजनन स्वास्थ्यका विषयमा खुलेर छलफल गर्न थालेका हुन् । शिक्षकको एकल प्रयासले मात्र नभएर विद्यार्थी र समाजको ज्ञानको दायरा फराकिलो हँुदै गएपछि यी विषय पढाउनु सहज बन्दै गइरहेको सिन्धुपाल्चोकस्थित कालिका मावि टेकानपुरका शिक्षक रमेश यादव बताउँछन् । ‘पहिले त यौन स्वास्थ्यका कुरा कक्षामा पढाउदा भुतुक्कै भइन्थ्यो । अहिले त्यो अवस्था हट्दै गइरहेको छ, उनले भने । कक्षाकोठाभित्र पढाइएको विषयवस्तु अपुग भएकाले यहाँका युवा किशोरकिशोरीले यौन शिक्षासम्बन्धी आवश्यक जानकारी गराउन युवा सूचना केन्द्र स्थापना गरेका छन । सूचना केन्द्रमा यौन स्वास्थ्यका विषयमा निःसंकोच छलफल गर्ने र समस्याको हल खोज्ने गर्छन् । यादवका अनुसार किशोरकिशोरीबाट यहाँका अभिभावकहरूले समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा थाहा पाउन थालेका छन् ।

किशोरकिशोरीले यौन शिक्षाका साथै विवाह गर्ने उमेरका विषयमा सही सूचना प्रवाह गर्दै बाल विवाह रोक्ने अभियान थालेपछि अहिले सिन्धुपाल्चोकका अधिकांश गाउँमा बालविवाह हुन छाडेका छन् । टेकानपुरका स्थानीय लक्ष्मण भट्टराई भन्छन्, ‘पहिलेपहिले २० वर्ष पार गरेका अविवाहित केटी भेट्नै सकिँदैनथियो, जसका कारण अधिकांश महिला प्रजनन स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्नु परिरहेको हुन्थ्यो भने अहिले अधिकांश केटीको विवाह २० कटेपछि मात्र हुन थालेको छ ।’ पछिल्ला केही वर्षयता इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथि विद्यालयमा पनि खुल्ला छलफल हुन थालेको पद्मोदय उच्च मावि काठमाडौंका शिक्षक विनोद भट्ट बताउँछन् । अधिकांश विद्यार्थीले यस विषयमा आवश्यक सूचना इन्टरनेटबाट थाहा पाइसकेका हुनाले पनि शिक्षकलाई विषयवस्तु पढाउन सहज भएको भट्टको अनुभव छ । धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भए पनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी छैन । जसका कारण यस विषयमा राम्रो दक्खल नभएका र तालिम नलिएका शिक्षकले पढाउँदा समस्या आउने गरेको शिक्षकहरू बताउँछन् । तर पछिल्ला वर्ष स्वास्थ्य विषय पढाउने सरकारी स्कुलका अधिकांश शिक्षकले तालिम पाएका छन् । पहिले स्कुलमा पाठ्यपुस्तकबाहेक यसका विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । अहिले परिवार नियोजन संघको सहयोगमा सरकारी स्कुलमा सन्दर्भ सामग्रीको रूपमा पाठ्यपुस्तक उपलब्ध छन् । यी पाठ्यसामग्रीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिइएको छ । स्कुलस्कुलमा इन्टरनेटको सुविधा छ ।

जसका कारण यो विषय सहज बन्दै गइरहेको शिक्षकहरू बताउँछन् । बैतडीको श्रीकेदार नगार्जुन उच्चमाविका पूर्वशिक्षक हरिश चन्द भन्छन्, स्वास्थ्य विषयमा कक्षा ९ मा प्रजनन प्रणाली भन्ने पाठ पढाउन समस्या हुन्थ्यो । शिक्षकले उदार भएर मात्र नहुने रहेछ । विद्यार्थी नै यौन स्वास्थ्यको कुरा गर्दा मुख छोप्ने गर्थे । त्यो पाठ पढाइ सकेपछि स्वास्थ्य शिक्षाको पूरै कोर्स पढाइसकेको अनुभूति हुने गरेको चन्द स्मरण गर्छन् । गाउँगाउँमा स्थापना भएका आमा समूहहरूले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ । आमा समूहका नियमित बैठकहरूमा महिला बेचबिखन, बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुल्ला छलफल हुने गरेको छ । जसका कारण यो विषय अब विस्तारै सहज बन्दै गइरहेको छ । यसका साथै स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखा, नेपाल परिवार नियोजन संघ, अमेरिकी सहयोग नियोग, प्लान नेपाल, आईपास नेपाल, एफएचआईलगायतका निकायहरूले पनि यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सूचना र सेवाका कारण पनि यस विषयको संकोच कम हुँदै गइरहेको स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेशप्रताप केही बताउँछन् । सरकारले प्रसूति सेवा निःशुल्क गर्ने, गर्भपतन सेवा निःशुल्क गर्ने, आङ खस्ने महिलाको निःशुल्क अप्रेसन गर्नेजस्ता निःशुल्क कार्यक्रमले समेत महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार आएको डा. केसीको ठम्याइँ छ । अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका जीवनोपयोगी पक्ष पाठ्यक्रममा समावेश गर्नुपर्नेमा विज्ञहरू एकमत छन् । यौन तथा प्रजनन स्वास्थ्यका विषयवस्तु प्राथमिक तहदेखि नै संशोधन र परिमार्जन गरिनुपर्ने शिक्षा विभागका पूर्वमहानिर्देशक डा. लवदेव अवस्थी बताउँछन् । समय र आवश्यकताअनुसार ती विषयवस्तु परिमार्जन र थपघट गर्न सकिने भएकाले सम्बन्धित निकायले यसमा पहल गर्नुपर्ने सुझाव अवस्थीको छ ।

यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथिको संकोच घट्दै गएपछि यसको सकारात्मक परिणाम देखिन थालेको छ । कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नहुनु रहेकोले बेलैमा यससम्बन्धी जानकारीले धेरैजसो समस्या समाधान भएर जाने स्त्री रोग विज्ञ डा. किरण रेग्मी बताउँछिन् । नेपालमा पछिल्ला वर्ष एचआईभी संक्रमण दर घट्दै जानुको प्रमुख कारणमध्ये एक कारण यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको पहुँच भएको डा. रेग्मीको ठम्याइँ छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगको उपचारकालागि ६ सय भारतीय
Next article बैतडी अस्पतालमा समन्वयात्मक समस्या

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web