• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुर्गम क्षेत्रका जिल्ला अस्पतालमा हुने शल्यक्रियाको अवस्था दयनिय

January 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुर्गम क्षेत्रका जिल्ला अस्पतालमा हुने शल्यक्रियाको अवस्था दयनिय

हेल्थ टुडे

काठमाडौं, १५ माघ : दुर्गम क्षेत्रका जिल्ला अस्पतालका अप्रेसन थिएटरहरुमात्र नभएर शल्यक्रियाको अवस्था पनि दयनिय पाइएको छ । निक साइमन्सले स्वास्थ्य मन्त्रालयको सहयोगमा देशका २५ दुर्गम जिल्लाका ३९ अस्पतालमा गरेको अध्ययनले जिल्ला अस्पतालहरुमा हुने शल्यक्रियाको अवस्था निकै दयनिय रहेको देखाएको छ । डा. ओलिभर रोसको नेतृत्वमा निक साइमन्सले जुलाई २०१५ देखि अक्टुबर २०१६ सम्म एक वर्षको समयमा गरेको अध्ययनले दुर्गम जिल्ला अस्पतालमा अप्रेसन थिएटरको अभाव, आवश्यक जनशक्तिको अभाव र विरामीको मृत्यु पछि हुने आक्रमणको डरले गर्न सकिने शल्यक्रिया समेत हुन सकिनरहेको देखाएको छ । अध्ययन गरिएका जिल्लाहरु मध्ये कर्णालीका अस्पतालहरुको अवस्था सबैभन्दा नाजुक देखिएको छ । निक साइमन्सले सरोकारवाला निकायहरुको सहकार्यमा उक्त अध्ययन प्रतिवेदन राजधानीमा सोमबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेलले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अस्पतालमा जनशक्ति र यन्त्र उपकरण भए पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा हुन सक्ने शल्यक्रिया समेत हुन नसकिरहेको स्विकारे । दुर्गम जिल्लाका अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुलाई चुनौति भए पनि ती चुनौति चिर्दै अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । शल्यक्रियाका क्रममा हुनसक्ने विरामीको मृत्यु र त्यसपछि उत्पन्न हुने तनावको डरले त्यही गर्न सकिने शल्यक्रिया समेत चिकित्सकले गर्न छाडेको अवस्थालाई सुधार गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘ डाक्टरका अगाडि दुई वटा चुनौति छन, किलर बन्ने की पिलर ? हामीले चुनौति चिर्दे पिलर बन्न सक्नु पर्छ । ’

मुख्य अध्ययनकर्ता डा. रोसले शल्यक्रियाका लागि आवश्यक पर्ने यन्त्रउपकरणको कमि र सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश जिल्ला अस्पतालमा हुन सक्ने सल्यक्रिया समेत हुन नसकिरहेको तथ्यांक प्रस्तुत गरे । उनले भने, ‘शल्यक्रियाका लागि आवश्यक पर्ने जनशक्तिको पनि धेरै जसो अस्पतालमा अभाव छ । त्यो भन्दा ठूलो असुरक्षाको भय छ । ’ स्वास्थ्य उपचारका अन्य विधामा विभिन्न दातृ निकायहरुले सहयोग गरिरहेको भए पनि शल्यक्रियाको गुणस्तर सुधार्न कसैले पनि खासै ध्यान दिएको आफूले नपाएको उनले बताए । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा. जगदीश अग्रवालले स्वास्थ्य क्षेत्रका लागि आवश्यक भन्दा बढी जनशक्ति उत्पादन भइरहेको देखिए पनि आवश्यक पर्ने क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु विडम्बना भएको बताए । स्वास्थ्य मन्त्रालय चिकित्सा महासाखाका निर्देशक डा. भोलाराम श्रेष्ठले जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने अधिकांश जनशक्तिको दरबन्दी रिक्त रहेकाले समस्या देखिएको बताउदै रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रालय लागिपरेको जानकारी दिए । निक साइमन्सका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले दुर्गम जिल्ला अस्पतालहरुको शल्यक्रियाहरुको अवस्था देखाउनका लागि मात्र यो अध्ययन नगरिएको जानकारी गराउदै त्यहा हुने शल्यक्रियामा सुधार ल्याउन अध्ययन गरिएको दावी गरे । सरकारले सबै अस्पतालमा हुने शल्यक्रियामा एक रुपता ल्याउन र जिल्लामा हुन सक्ने शल्यक्रिया त्यही हुने बनाउन राष्ट्रिय सर्जिकल  प्यान बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 
Next article बैतडीको सुर्नयामा वृहत निःशुल्क स्वास्थ्य सिविर हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web