• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कब्जियत हटाउँछ तीते करेलाले

February 10th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कब्जियत हटाउँछ तीते करेलाले

 

तीते करेलाको नाम सुन्नेबित्तिकै धेरैजसोको आङ सिरिङ हुने गर्छ । नाममै ‘तीते’ भएको जिनिस कसरी मीठो होला भन्ने लाग्छ निकैलाई । तर, तीते करेलाको तीतोपनतिर नजानुस् ।

यसका गुण यति धेरै छन्, तीतोपन गौण हुन्छ । तीते करेला यही मौसममा हुन्छ । यो हरेक घरमा उपयोग गरिने तरकारी हो । यो विशुद्ध तरकारीमात्र नभई अत्यन्त राम्रो औषधिसमेत हो । यसमा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबरसमेत पाइन्छ । तीते करेलाले कफको समस्या भगाउँछ । यसको नियमित सेवनले कब्जियत हट्छ, खाना सजिलै पच्छ र भोक मज्जाले लाग्छ । पेटसम्बन्धी रोग निको पार्न यसलाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ । करेलालाई रक्तशोधक औषधिसमेत मानिन्छ । मधुमेहका रोगीले यसको रस निकालेर वा तरकारीरअचार बनाएर खाँदा निकै राम्रो हुन्छ । करेलाको ‘एक्सट्रेक्ट’लाई करेटिन भनिन्छ । नेदरल्यान्डमा भएको एउटा अध्ययनमा करेटिनलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ । करेलाको बीउमा इन्सुलिनजस्तो पेप्टाइड पाइन्छ ।

आयुर्वेदले यसलाई पक्षघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरीजस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ । (एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुम्बन र मुखमैथुनका कारण क्यान्सर !
Next article तपाईको हातखुट्टामा पनि छ मुसा ? छ भने यसो गरौ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web