• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

गुड फ्राइडेमा कण्डमको विक्री दोब्बर

March 2nd, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गुड फ्राइडेमा कण्डमको विक्री दोब्बर

सन्ध्या केसी,

काठमाडौ  : गुड फ्राइडेको छुट्टै महत्व छ शहरी परिवेशमा । शनिबार विदा हुने भएकाले मज्जाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ । शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् । राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ । काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ? यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ५० हजार हाराहारी खपत हुने  अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ । 

बाजाजु वाइपासस्थित संजिवनी मेडिकल स्टोरका सञ्चालक महेन्द्र सुव्वा भन्छन, ‘ त्यसमा पनि जाडो मौषममा अझ बढी कण्डम बिक्री हुन्छ । अरु दिन दैनिक २०० कण्डम बिक्री हुन्छ । शुक्रबार ४०० सम्म हुन्छ ।’ जाडोमा रुई, फुई र दुई भन्ने त हाम्रो समाजमा उखान नै छ । गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको सुव्वा बताउछन् । पछिल्ला दिनमा कामकाजी महिलाको संख्या बढ्दै गइरहेको छ । शुक्रबार आनन्दका साथ मिठो खाने र मनोरञ्जनका साथ रात बिताउने टे«ण्ड बढ्दै गएकाले यसो हुने गरेको वरिष्ठ चिकित्सक डा. बद्रीराज पाण्डे बताउछन् । परिवार नियोजन संघका संस्थापक डा.पाण्डे भन्छन्, ‘ यौन सम्पर्क पनि मनोरञ्जनको गतिलो साधन हो । विदाको अघिल्लो दिन शुक्रबार हरेक मानिस रमाइलो गरेर मनाउन चाहन्छ । यसलाई अन्यथा लिनु हुदैन । ’

ज्याठा स्थित कुमुदीनी ड्रग हाउसकी संचालिका मिरा राजभण्डारी पनि अरु दिनको तुलनामा शुक्रबार कुण्डमको विक्री दोब्बर हुने गरेको बताउछिन् । ‘गुड फ्राइडेका दिन  त बिक्री भइहाल्छ नि । ’ उनले भनिन्,‘ हप्तामा सबैभन्दा बढी शुक्रबार नै बिक्री हुन्छ । ’ गर्भधारणा हुनबाट बचाउने भएकाले अधिकांश महिला पुरुष यौन सम्पर्क गर्दा कण्डमको साहारा लिने गर्छन । यसका अलावा एड्सबाट बच्न र यौन रोगको संक्रमणको डरले पनि कण्डम प्रयोग गर्नेको संख्या बढी छ । नेपाली बजारमा दर्जनौ आकार प्रकारका कण्डम पाइन्छन ।  हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था छ ।

अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली (चल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ ।

कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ ? भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु
Next article गण्डकी,धौलागिरि र कर्णाली अञ्चलमा २६ लाखको आँखा जाँच

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web