• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्मीमा छालाको स्याहार कसरी गर्ने?

May 11th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मीमा छालाको स्याहार कसरी गर्ने?

हेल्थ टुडे,
२८ बैशाख, काठमाडौः गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।
दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।

चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।

कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।

पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।
वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।
एजेन्सी
baixar snaptube

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखामा समस्या यी हुनसक्छन कारण
Next article रुकुमका झुम्लाबाङका स्थानीयले आफ्नै लगानीमा स्थापना गरे अस्पताल

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131554
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web