• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा ठप्प पार्नेसम्मका आन्दोलन घोषणा गर्न चिकित्सक संघको आकस्मिक बैठक आज बस्दै

July 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा ठप्प पार्नेसम्मका आन्दोलन घोषणा गर्न चिकित्सक संघको आकस्मिक बैठक आज बस्दै

हेल्थ टुडे,

काठमाडौं, २६ असार : चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीका मागका बिषयमा सरकारलाई थप दवाव दिन ससक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाल चिकित्सक संघको आकस्मिक बैठक आज बस्दैछ । संघले आईतबार प्रधानमन्त्री केपी ओलीलाई भेटर केसीले उठाएका माग सम्बोधन गर्न ७२ घण्टा को अल्टिमेटन दिएको थियो । अल्टिमेटमको समय आज दिउँसो सकिदैछ । माग पुरा गर्न सरकारले पहलकदमी नचालेपछि संघले दवावमुलक कार्यक्रम घोषणा गर्न आकस्मिक बैठक बोलाएको हो । संघले देश भरिका स्वास्थ्य संस्थामा उपचार सेवा बहिस्कार गर्नेसम्मको कार्यक्रम अगाडि सार्नसक्ने संघका एक अधिकारीले बताए । ती अधिकारीले भने, डा. केसीको जिवन रक्षा र चिकित्सा शिक्षाको सुधारका लागि संघले बाध्य भएर कडा भन्दा कडा कदम अगाडि बढाउदै छ । संघले आज २ बजे आकस्मिक बैठक बोलाएको छ ।

संघका महासचिव डा. लोचन कार्की नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर अहिलेको अवस्थाका बिषयमा जानकारी गराएपनि प्रधानमन्त्रीले त्यसलाई गम्भिरताका साथ लिएका थिएनन् । त्यसैगरि संघको टोलीले सोमबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई पनि भेटेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छ । यादवले अस्पताल बन्द गर्ने जस्तो कठोर आन्दोलन नगर्न संघका पदाधिकारीलाई आग्रह गरेका थिए । समस्या समाधानका लागि आफूले पहल कदमी चाल्ने आश्वासन यादवले दिएका थिए ।

डाक्टर केसीका माग पुरा नगरे डाक्टरहरूले इमर्जेन्सी बाहेक अन्य सेवा ठप्प पार्ने गरि आन्दोलन गर्ने चेतावनी प्रति प्रम ओलीले पनि आपत्ती जनाएका थिए ।  उनले  डाक्टरहरूले स्वास्थ्य सेवा बन्द गर्न नपाइने जिकिर गरेका थिए । आफूहरूले विरोध गर्ने अधिकार रहेको संघका अधिकारीले गराएका थिए । चिकित्सक संघका अध्यक्ष डा. मुक्तीराम श्रेष्ठले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिदा समेत मागका बिषयमा सुनवाई नभएकाले बाध्यत्मक निर्णय लिन बैठक बस्न लागेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
Next article विशेषको उपचारका लागि आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133789
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web