• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुँदै

December 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुँदै

हेल्थ टुडे,

काठमाडौँ  : नेपालमै पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुने भएको छ । अहिलेसम्म औषधिको गुणस्तर क्लिनिकल प्रविधिबाट मात्रै हुदै आइरहेको छ । औषधिको गुणस्तर मानिसमा परिक्षण गर्न आवश्यक तालिम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) मा बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने भएको छ । त्यस सम्वन्धमा विहीबार औषधि व्यवस्था विभाग र आईओएमबीच सम्झौँता सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसले सञ्चालन गर्ने उक्त सेन्टर स्थापनाका लागि औषधि व्यवस्था विभागका विभागका महानिर्देशक नारायण ढकाल र आइओएमका डीन प्राडा जगदीश अग्रवालले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौँता अनुसार विभागले सेन्टरको पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिम सञ्चालनका लागि ५ करोड रुपैयाँ आइओएमलाई उपलव्ध गराउनेछ । विभागका महानिर्देशक ढकालले बार्षिक कार्यक्रम अन्तरगर्त बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने सम्झौँता भएको बताए । उनले सेन्टर स्थापनाले औषधिको गुणस्तर तथा प्रभावकारीता परीक्षणमा ठूलो सहयोग गर्ने दावी गरे ।

औषधि विज्ञ एवं डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसका सहप्राध्यापक डा प्रदीप ज्ञवालीले अहिलेसम्म बायोएस्से प्रविधिबाट परीक्षण गरिने भएको र अब भने स्वस्थ मासिनमै गुणस्तर परीक्षण गर्ने तयारी भएको बताए । ‘परीक्षणका लागि स्वस्थ व्यक्तिलाई स्वयंसेवीका रुपमा अर्थात हेल्दी भोलेन्टियर तयार गछौँ र जेनरिक औषधि नेममा औषधिहरुको परीक्षण गर्दछौँ । यसले औषधिको गुणस्तर र प्रभावकारिता थाह हुन्छ’ उनले भने । विभागका महानिर्देशक ढकालले यो परीक्षणबाट औषधि रगतमा कति छिटो घुल्छ ? कति छिटो काम गर्न थाल्छ भन्ने थाहा हुने बताए । सेन्टर सञ्चालनका लागि क्याम्पस प्रमुख प्रा.डा प्रतापनारायण प्रसादको संयोजकत्वमा बायोइक्युव्यालेन्स कमिटि गठन गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
Next article नयाँ स्वास्थ्य नीति ल्याउँदैछौं :  स्वास्थ्य मन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132720
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web