• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
मानसिक स्वास्थ्य

सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

March 15th, 2019 मानसिक स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

डा.सुमनप्रसाद अधिकारी ,
हेल्थ टुडे,
काठमाडौ,चैतः विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार स्वस्थ रहनु भनेको सामाजिक,मानसिक र शारिरीक रुपमा सबल हुनु हो । मानसिक स्वास्थ्य सामाजिक जिवनको परिसूचक पनि हो । शारीरिक स्वस्थता र रोगको बारेमा संसारभरि जाति खोज र अनुसन्धान भएका छन् त्यसको तुलनामा मानसिक स्वास्थ्यको क्षेत्रमा एकदमै कम प्रयास भएको देखिन्छ । विश्वका धनी र शक्तिशाली भनिएका राष्ट्रहरुमा समेत मानसिक स्वास्थ्यको स्थिती सन्तोषजनक छैन । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघ संस्थाले संस्थागत रुपमा काम गर्न त थालेका छन् तर पनि समाजमा मानसिक रोगप्रति जुन धारणा छ त्यसले गर्दा मानसिक रोग भएकाहरु खुलेर आउने र उपचार गर्ने परिस्थिति बन्न सकेको छैन ।
सामान्यतया मानसिक रोग भन्नाले त्यस्तो अवस्था बुझिन्छ जसमा सोचाई, व्यवहार र अनुभावमा असर पर्दछ । तर प्राय समाजमा मानसिक रोग भन्ने बित्तिकै बहुलापन, पागलपनको रोग भन्ने बुझिन्छ जसको कारणमा दैवीश्राप, पापकर्मको फल र बोक्सीको विगार आदिलाई लिइन्छ । चिकित्सा विज्ञानको अनुसार मानसिक रोगमा सामान्य टाउको दुखाई वा माइग्रेन, मनोत्रास (एङ्जाइटी), मनोचिन्ता (डिप्रेसन), उन्माद (मेनिया) देखि कडा खालका साइकोसिस र सिजोफ्रेनिया जस्ता रोगहरु पर्दछन् । हुनसक्छ कुनै कडा खालका मानसिक रोगमा पागलपनका लक्षण होलान् तर त्यसो भन्दैेमा मानसिक रोगीलाई पागल भन्नु सर्वथा अनुचित हो ।

मानसिक रोग जुनसुकै उमेर समुहका पुरुष वा महिला जसलाई पनि हुन सक्दछ । बच्चाहरुमा एक्लै बस्न रुचाउने, एउटै कुरामा मात्र ध्यान दिने, प्रष्ट बोली नआउने, धेरै डराउने, शंका गर्ने, बारम्बार एउटै कुरा दोहो¥याउने वा एउटै काम गर्ने, स्कुल जान सधै झगडा गर्ने वा स्कुलबाट भाग्ने, भनेको अटेर गर्ने आदि मानसिक रोगको लक्षण हुन सक्छन् । त्यसैगरी वयस्कमा एक्लै बोल्न वा बर्बराउने, नभएको आवज सुन्ने, नभएका चीज–व्यक्ति देख्ने, निराश हुने, बेखुशी हुने, चाहिनेभन्दा बढी खुसी हुने आदि मानसिक रोगका लक्षण हुन् । त्यस्तै वृद्धावस्थामा स्मरणशक्ति धेरै घट्न, धेरै रिसाउने, शंका गर्ने मानसिक रोगका लक्षण हुन् । साथै जुनसुकै उमेर समूहमा नसाको कुलतमा फस्नु पनि मानसिक समस्या हो ।

मानसिक रोगको उपचारमा अस्पताल र संघ संस्थाहरु लागीपरे पनि सोचेजस्तो राम्रो अवस्था भने छैन । त्यसमाथि हाल कायम रहेको स्वास्थ्य संरचनामा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छैन । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले सामान्य रुपमा मानसिक स्वास्थ्यलाई समेट्न खोजेको देखिन्छ तर त्यो अपुग छ । मानसिक स्वास्थ्यको स्थिति सबल बनाउनका निम्ति देशमा मानसिक स्वास्थ्य ऐन हुनुपर्छ र मानसिक स्वास्थ्य नीति प्रभावकारी रुपमा संचालन गर्नुपर्छ । साथै स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै महाशाखा स्थापना जरुरी छ, जसले मानसिक स्वास्थ्यका कार्यक्रम आपूm अन्तर्गतका स्वास्थ्य संस्थामा निर्वाद रुपमा संचालन गर्न सकोस् ।

धेरै वर्षको प्रयासपछि छिमेकी मुलुक भारतमा हालसालै ‘मेन्टल हेल्थ केयर वील’ पारित भएको छ तर त्यही अवस्था नेपालमा आउन भने वर्षौ कुर्नुपर्ने देखिन्छ । हाल नेपालमा देशको कुल जनसंख्याको २० देखि २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको विश्व स्वास्थ्य संगठनले देखाएको छ । एकातिर मानसिक रोग भएकाको पहिचान र उपचारमा कठिनाई छ भने अर्काेतिर उनीहरुको अधिकारको रक्षा गर्न सकिएको छैन । मानसिक रोगबाट ग्रसित व्यक्तिले समाजमा स्वतन्त्रसंग बांच्न, काम गर्न, समान अधिकार उपभोग गर्न पाएका छैनन् ।

मानसिक रोग लागेकालाई छरछिमेकमा राख्दा डर हुन्छ, समाजबाट टाढा राख्नुपर्छ, विवाह गर्नु हुदैन, जिम्मेवारी दिनु हुदैन भन्ने धारणाहरुलाई पन्छाउंदै मानसिक रोगीको पुनस्थापनाका लागि सामाजिक सचेतना कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । यसका लागि समाजले मानसिक स्वास्थ्य सेवामा खर्च गर्नु भनेको पैसाको नास होइन भन्ने बुझ्नुपर्छ । मानसिक रोग भएकाहरुलाई स्वतन्त्र र सम्मानपूर्वक समाजमै बस्ने व्यवस्था मिलाउनुपर्छ । मानसिक रोग भएकाहरु डरलाग्दा हुन्छन्, विश्वास गर्न नसकिने खालका हुन्छन भन्ने भ्रम चिर्न मानसिक रोग पनि अरु रोगहरु जस्तै हो र सबै मानसिक रोगी डरलाग्दा हुंदैनन् भन्ने सूचना प्रेषित गर्नुपर्छ, तबमात्रै रोग लुकाउन खोज्ने, लुकेर उपचार गर्ने प्रवितिको अन्त्य हुन्छ ।

मानसिक रोग भएका व्यक्ति र तीनको परिवारले रोग लुकाउने कारण भने सामान्य छैन, समाजले गर्ने विभेद सबैभन्दा ठूलो कारण हो । समाजमा अझैपनि मानसिक रोग भनेको कहिल्यै ठीक नहुने दिर्घ रोग हो भन्ने सोच छ । यस्तै कारणले गर्दा मानसिक रोगी घृणाका पात्र बन्ने गरेका छन् । त्यसमाथि उनीहरुलाई बहुला वा पागल भनी सम्बोधन गर्ने परिपाटी त झनै डरलाग्दो छ । कतिपय अवस्थामा त मानसिक रोगीहरु समाजबाट बहिष्कृत अवस्थामा पनि भेटिएका छन् । यसको कारण भने मानसिक रोग सम्बन्धि समाजमा रहेको अन्धविश्वास र चेतनाको कमी हो ।

मानसिक रोगको वायोमेडिकल कन्सेप्ट मात्र बुझाउन सकिएपनि यस्तो विभेद कम हुन्थ्यो । हाम्रो समाजमा ‘पागल’, ‘बहुला’, ‘साइको’ जस्ता शब्दहरु सारै हलुका रुपमा प्रयोग गरिन्छन्, चाहे सामाजिक सञ्जालहरुमा होस्, आपसी कुराकानी वा गीत–संगीतमा । मानसिक अस्पतालको बाटो भएर हिड्नेले ‘त्यो त पागलहरुलाई थुनेर राख्ने ठाउं हो’ वा ‘बहुलालाई उपचार गर्ने ठाउं हो’ भन्दा यो समाजमा धेरै मानिसले मानसिक स्वास्थ्य र रोगबारे राम्ररी बुझेको छैनन् र बुझ्ने प्रयास पनि गरेको छैनन् भन्ने देखिन्छ । यस्तै कारणले गर्दा मानसिक रोग लागेकाहरु मानसिक अस्पतालको गेट भित्र र्छिन समेत हिच्किचाउंछन् । यस्तो सोचाइ अनपढ र अबुझ मान्छेमा हुनु सामान्य नै होला तर सभ्य र शिक्षितवर्गले पनि यस्तो सोचाई राख्दा हामी मानसिक स्वास्थ्यको सवालमा कति पिछडिएका छौं भन्ने प्रष्ट हुन्छ ।

मानसिक रोगको उपचारमा विशेषज्ञता हासिल गरेका मनोचिकित्सकहरुलाई समेत यो त बहुलाको डाक्टर हो भनी नामाकरण गरिन्छ । पागलहरुलाई उपचार गर्ने डाक्टर नै साइको हुंदो हो समेत भनिन्छ । यस्तै सोचाइका कारण कुनै समय मानसिक रोग लागेर ठीक भएकाहरु पनि समाजमा निर्धक्कसंग बंँच्न र काम गर्न सकेका छैनन् । विवाहगर्ने उमेरका युवायुवतीमा त झनै यो रोगले ठुलो प्रभाव पार्दछ । धेरैजस्तो अवस्थामा विवाहपूर्व रोग लुकाउने गरिन्छ जसले गर्दा विवाह पछि हिंसाका घटनाहरु समेत घट्ने गरेका छन् । ‘कनभर्जन’ रोग भएका युवतीहरुलाई ‘त्यसलाई लोग्ने चाहिएको हो, विवाहगरिदिए ठीक हुन्छ’ भन्ने प्रवृति छ । सामाजले कहिले बुझ्ने कि उचित शिक्षा, राम्रो वातावरण र तनावमुक्त अवस्थामा यो रोग लाग्दैन ।

हुनत राज्यस्तरबाट पनि यस्तो विभेदको अन्य गर्न प्रभावकारी पहलकदमी भएको छैन । कडा खालका मानसिक रोगले ग्रसित भई सडकमा जीवन जीउन बाध्य भएकालाई राज्यको तर्फबाट उद्धार तथा पुनःस्थापना गर्ने काम भएको छैन । हालको अवस्थामा नाम कहलिएकै अस्पतालहरुमा समेत मानसिक विभाग खोल्ने र क्षमता बढाउन अदुरदर्शिता देखाएको छ । देशकै एकमात्र मानसिक अस्पतालको स्थिति पनि सन्तोषजनक छैन । मानसिक स्वास्थ्य स्थिति सुदृढ बनाउनका निम्ति प्रभावकारी नीति नियमको आवश्यकता छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत मानसिक स्वास्थ्य महाशाखा खोली अञ्चल, जिल्ला अस्पताल र अरु अस्पताल तथा मेडिकल कलेजहरुमा मनोचिकित्सा ओ.पी.डी र वार्ड राख्नु एकदमै जरुरी छ ।

त्यसबाहेक स्कुल र कलेजका विद्यार्थीहरुमा मानसिक स्वास्थ्य र रोगबारे जानकारीमुलक पाठ्यसामाग्री राख्ने, सभा–सेमिनार, रेडियो, टि.भीमा चेतनामुलक कार्यक्रम प्रसारण गर्ने गरेमा समाजको चेतनास्तर वृद्धि गर्न मद्दत पुग्थ्यो । केही हदसम्म यी विभेदका घटना र नकारात्मक सोचाइ कम गर्न सकिएमा मानसिक स्वास्थ्यप्रति न्याय हुन्थ्यो कि ?

डा. सुमन प्रसाद अधिकारी
स्नायु तथा मनोरोग विशेषज्ञ
मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टर

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सात महिनापछि न्याम्सले पायो उपकुलपतिसहित पदाधिकारी , उपकुलपतिमा प्राडा डीएन साह नियुक्त
Next article औषधिमा आत्मनिर्भरता र हाम्रो सरोकार

Health Today Nepal

Related Posts

पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web